Saturday 3rd October 2026

नेपालको भूमीमा अमेरिका चाइना आमने सामने


डा. अम्बरिश पोख्रेल- नेपालको इतिहासमा पहिलोपल्ट, हिजोको दिन देखि अमेरिका र चाईना एक आपसमा, आमने सामने भएर उभिएका छन् ।

२. यो प्रकारको आमने सामने भिडन्तमा भारतीय भूमिका अब झन् झन् गौण हुँदै जाने देखिन्छ ।

३. अमेरिकन लबिमा बुइ चढेर, नेपाल माथि अन्याय गर्न उद्यत भारतीय कुटनीति, नराम्ररी असफल हुँदै आएको छ, कम्तीमा पनि यो संविधान जारी भएको मितिदेखि हिजोको वक्तव्य (अमेरिका र चाइना दुवैको) आउँदासम्म।

४. अब सबै प्रकारका द्वन्दहरु सिधै अमेरिकन र चाईना बीच हुनु अनिवार्य सर्तको रूपमा विकास भएको छ, त्यो पनि नेपाली भूमिमै ।

५. अब नेपालले आफ्नो कित्ता, छिटो भन्दा छिटो स्पष्ट (क्लियर) गर्नु आवश्यक छ:

(क) स्पष्टसँग अमेरिकन लविमा उभिनु।
यसको एउटा गम्भीर असर छ, यो लविमा उभिँदा इन्डियाको थिचोमिचो अझै धेरै बढेर, सधैं रहिरहने हुन्छ।

(ख) चाइना, रसिया र नेपाल त्रिपक्षीय सुरक्षा सम्झौता गर्नु ।

(ग) असंग्लग्न नीतिलाई स्पष्ट रूपमा अबलम्बन गरेको घोषणा गर्दै, राष्ट्रिय रूपमा आवश्यक नीतिहरु तर्जुमा गर्नु ।

६. नेपालले कुन बाटो अवलम्बन गर्ला खोइ ? अनि कुन बाटो बढी सही होला हाम्रो लागि, ताकि हाम्रो विकास तथा समृद्धिमा टेवा पुगोस।
अस्तु ।
ए पोख्रेल ।


सम्बन्धित शीर्षकहरु

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष…

प्रतिकृयाहरू
...