Tuesday 24th February 2026

एनआरएनएको दशाैं महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक


गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशाैं महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन समितिका अनुसार बिहीबार अर्थात फेब्रुअरी १७ मा प्रतिनिधिको प्रारम्भिक नामावली प्रकाशन गर्ने तय भएको छ भने अर्को चरणको नामावली प्रकाशन फेब्रुअरी २३ मा प्रकाशित गरिनेछ । यस्तै नामावलीमाथि दाबी विरोधको समय फेब्रुअरी २४ मा र अन्तिम नामावली मार्च ३ मा प्रकाशित गरिनेछ ।

यस्तै उम्मेदवारको मनोनयन पत्र दर्ता मार्च ४ मा हुनेछ भने उम्मेदवारको अन्तिम नामावली मार्च १२ मा प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार मतदान मार्च २१ र २२ मा हुनेछ । त्यसपछि मतगणना भएर मत परिणामको प्रक्रिया सुरु हुनेछ ।

निर्वाचनका लागि मनोनयन पत्र दर्ता गराउन अध्यक्ष पदमा १० लाख तिर्नुपर्नेछ भने उपाध्यक्षका लागि ७ लाख महासचिवका ६ लाख, सचिवका लागि ५ लाख शुल्क तोकिएको छ । एनआरएनएको निर्वाचनपछि चैत १२ र १३ गते वार्षिक साधारण सभा हुने तय भएको छ । एनआरएनएमा

अध्यक्ष १,
उपाध्यक्ष ४,
महिला उपाध्यक्ष १,
युवा उपाध्यक्ष १,
महासचिव १,
सचिव ३,
महिला सचिव १,
कोषाध्यक्ष १,
सहकोषाध्यक्ष १,
महिला सह कोषाध्यक्ष १,
महिला संयोजक १,
युवा संयोजक १,
क्षेत्रीय संयोजक ६,
क्षेत्रीय उपसंयोजक ६,
क्षेत्रीय महिला संयोजक ६,
क्षेत्रीय युवा संयोजक ६,
क्षेत्रीय महिला उपसंयोजक ६,
क्षेत्रीय युवा उपसंयोजक ६
जनालगायत गरी जम्मा कम्तिमा ५३ जना पदाधिकारी निर्वाचित हुने व्यवस्था छ ।

एनआरएनएभित्र प्रतिनिधि लगायतका विषयमा भने अझैसम्म सहमति भइसकेको छैन । सहमति जुटाउनका लागि शेष घले नेतृत्वको समिति प्रयासरत रहेको छ।

 


सम्बन्धित शीर्षकहरु

आइतबार बिहान युक्रेनको राजधानी **किभ**मा शक्तिशाली विस्फोटहरूको श्रृंखला सुन्निएको छ। अधिकारीहरूले रूसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको चेतावनी दिएका छन्। यो…

काबुल/इस्लामाबाद — अफगानिस्तानमा सत्तारूढ तालिबान सरकारले पाकिस्तानले सीमा उल्लङ्घन गर्दै गरेको हवाई आक्रमणमा महिला र बालबालिका सहित दर्जनौं सर्वसाधारण मारिएको…

अदालतले ट्रम्पले प्रयोग गरेको आपतकालीन कानुन (IEEPA)अन्तर्गतको कर अवैध भन्यो, तर अन्य कानुन प्रयोग गरेर कर लगाउन सक्ने ढोका खुला…

प्रतिकृयाहरू
...