Tuesday 20th January 2026

एनआरएनएको दशाैं महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक


गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशाैं महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन समितिका अनुसार बिहीबार अर्थात फेब्रुअरी १७ मा प्रतिनिधिको प्रारम्भिक नामावली प्रकाशन गर्ने तय भएको छ भने अर्को चरणको नामावली प्रकाशन फेब्रुअरी २३ मा प्रकाशित गरिनेछ । यस्तै नामावलीमाथि दाबी विरोधको समय फेब्रुअरी २४ मा र अन्तिम नामावली मार्च ३ मा प्रकाशित गरिनेछ ।

यस्तै उम्मेदवारको मनोनयन पत्र दर्ता मार्च ४ मा हुनेछ भने उम्मेदवारको अन्तिम नामावली मार्च १२ मा प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार मतदान मार्च २१ र २२ मा हुनेछ । त्यसपछि मतगणना भएर मत परिणामको प्रक्रिया सुरु हुनेछ ।

निर्वाचनका लागि मनोनयन पत्र दर्ता गराउन अध्यक्ष पदमा १० लाख तिर्नुपर्नेछ भने उपाध्यक्षका लागि ७ लाख महासचिवका ६ लाख, सचिवका लागि ५ लाख शुल्क तोकिएको छ । एनआरएनएको निर्वाचनपछि चैत १२ र १३ गते वार्षिक साधारण सभा हुने तय भएको छ । एनआरएनएमा

अध्यक्ष १,
उपाध्यक्ष ४,
महिला उपाध्यक्ष १,
युवा उपाध्यक्ष १,
महासचिव १,
सचिव ३,
महिला सचिव १,
कोषाध्यक्ष १,
सहकोषाध्यक्ष १,
महिला सह कोषाध्यक्ष १,
महिला संयोजक १,
युवा संयोजक १,
क्षेत्रीय संयोजक ६,
क्षेत्रीय उपसंयोजक ६,
क्षेत्रीय महिला संयोजक ६,
क्षेत्रीय युवा संयोजक ६,
क्षेत्रीय महिला उपसंयोजक ६,
क्षेत्रीय युवा उपसंयोजक ६
जनालगायत गरी जम्मा कम्तिमा ५३ जना पदाधिकारी निर्वाचित हुने व्यवस्था छ ।

एनआरएनएभित्र प्रतिनिधि लगायतका विषयमा भने अझैसम्म सहमति भइसकेको छैन । सहमति जुटाउनका लागि शेष घले नेतृत्वको समिति प्रयासरत रहेको छ।

 


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...