Tuesday 17th March 2026

फेब्रुअरी २० देखि कोभिड विरूद्धको पूर्ण मात्रा खोप लगाएकाहरूले कुवेत आउँदा पीसीआर गर्नु नपर्ने


तीतोपाटी – कुवेत सरकारको मन्त्रिपरिषद्को साप्ताहिक बैठकले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध पूर्ण खोप लगाएका व्यक्तिलाई स्वदेश आउनुअघि र कुवेत आइसकेपछि पीसीआर परीक्षण गराउन र होम क्वारेन्टाइन बस्न नपर्ने निर्णय गरेको छ । सो निर्णय यहि फेब्रुअरी २० तारिकदेखि लागु हुने जनाइएको छ । सो कुरा सरकारका प्रवक्ता तारिक अल-मजरामले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् ।

सरकारका प्रवक्ता तारिक अल-मजरामलाइ उद्धत गर्दै अरब टाइम्समा प्रकाशित समाचार अनुसार नयाँ यात्रा प्रक्रिया अनुसार पूर्ण खोप नभएकाहरूलाई कुवेतको लागि उडानमा चढ्नु अघि ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ परीक्षण आवश्यक हुनेछ। आइपुगेपछि ७ दिन होम क्वारेन्टाइन, ७ दिन पछि क्वारेन्टाइनबाट बाहिर निस्कन पीसीआर टेस्ट नेगेटिभ हुनु पर्नेछ ।

कुवेतको स्वास्थ्य मन्त्रालयले स्वीकृत बुस्टर डोज प्राप्त गरेकाहरूलाई पूर्ण रूपमा खोप लगाइएको मानिनेछ भने अन्य अबस्थामा पूर्ण खोप लगाएको मानिने छैन ।

उपरोक्त निर्णय कुवेत भित्रिने यात्रुहरूका लागि लागु हुने भए पनि कुवेतबाट छुट्टीमा जानेहरूका बारेमा भने पीसीआर गर्नु पर्ने वा नपर्ने केही पनि जनाइएको छैन ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

काठमाडौं। दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझएका छन्। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन्।…

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

प्रतिकृयाहरू
...