Sunday 19th May 2024

प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन


तीतोपाटी – प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ। उनको अाइतबार बिहान निधन भएको हो ।
गत महिना उनलाइ कोभिड-१९ संक्रमण भएपछि केहि हप्तायता उनलाई मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालको सघन (आईसीयू) कक्षमा राखी उपचार गरिँदै आएको थियो ।

उनी भारतकै सबैभन्दा प्रख्यात र सम्मानित पाश्र्व गायिका हुन् । भारतको सबैभन्दा ठूलो गैर–सैनिक पदक भारत रत्न पाउने उनी केवल दोस्री गायिका हुन् । उनले आफ्नो जीवनकालमा ३६ भाषामा ३० हजारभन्दा बढी गीत गाएकी थिइन भने एक हजारभन्दा बढी हिन्दी सिनेमाका गीत गाएकी थिइन् ।

उनको जन्म सन् १९२९ को सेप्टेम्बर २८ तारिखमा भारतको मध्य प्रदेश राज्यस्थित इन्दोर सहरमा भएको थियो। पाँच वर्षको उमेरमा पिता दिनानाथ मङ्गेशकरबाट उनले सङ्गीत सिक्न थालेकी थिइन् भने आफू १३ वर्षको हुँदा पहिलो गीत रेकर्ड गराएकी थिइन् । दिनानाथ त्यस बेला थिएटर कलाकार थिए।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...