Friday 26th April 2024

कोरोना संक्रमण : लकडाउनको अवधारणा र हामीले चुकाएको अवसर


बसन्त थापा- विश्वभर फैलिएको कोरोना महामारीका कारण सन २०१९ को डिस्मेम्बर महीना बाट लकडाउनको व्यवस्था सुरु भएकोथियो । संसारभरि लाखौं मानिसहरू आफ्नो घरमा कैद भए। यो भयंकर महामारीको प्रकोपबाट बच्न लकडाउनको व्यवस्था आवश्यकभए पनि यो व्यवस्थाले मानव समाजलाई निकै असर गरेको छ ।

चीनको वुहानबाट सन २०१९ डिसेम्बरयता सुरु भएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नेपालमा पहिलोपटक माघ ९ गत वर्षपहिलो संक्रमित पुष्टि भएको थियो।

आज, यो लेख मार्फत, मैले तपाइँलाई लकडाउनका बेफाइदाहरू बारे एक जानकारीमूलक लेख प्रस्तुत गरेको छु। यस लेख मार्फत, तपाईलाई मानव जीवनमा लकडाउनको प्रभाव र नोक्सानको बारेमा बताइनेछ।

अहिले विश्वभरि कोरोनाभाइरस सङ्क्रमण र त्यसबाट हुने रोग कोभिड-१९ को त्रास छ। अहिले नेपालका अधिकांश शहरहरुमा मान्छेकागतिविधिहरू अत्यावश्यक काममा मात्रै सीमित भएका छन्।

नेपालमा कोरोनाको तेस्रो लहर सुरूवात संगै नेपालमा अब के होला भन्ने आम नेपाली जनतामा ठुलो डर त्रास थियो तर यसपालीको तेस्रो लहर अर्थात कोरोना भाइरस ओमिक्रोन: भेरिअन्टले भने व्यापारिक क्षेत्र र देशको अर्थतन्त्रमा ठुलै क्षेती भए पनी मानवीय क्षेती भने गत वर्ष भन्दा धेरै कम भएको छ । त्यस कारणले पनी यस्ता भयानक रोगलाई रोकथाम गर्नको लागी पनी लकडाउन एकआपतकालीन प्रणाली हो, जुन कुनै पनि देशको सरकारले गम्भीर महामारी वा प्रकोपको समयमा लागू गर्छ। सरकारले लकडाउन गर्नेआदेश जारी गरेको क्षेत्रमा ती क्षेत्रका मानिसलाई अनावश्यक रूपमा घरबाट बाहिर निस्कन दिइँदैन । सडकमा अनावश्यक बाहिरनिस्कन निषेध गरिएको हुन्छ। त्यसैगरी कोरोना महामारीका बेला विश्वभर लकडाउनको प्रक्रिया सुरु भएको थियो ।

लकडाउन लगाउनुको कारणः चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको रोकथामका लागि पहिलो पटक लकडाउनकोअवधारणा आएको हो । किनभने कोरोना भाइरसको संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा छिटो सर्छ । यो भाइरसको संक्रमण यतिछिटो फैलिन थाल्यो कि लाखौं मानिसको ज्यान गयो । यस्तो विषम परिस्थितिलाई मध्यनजर गर्दै अहिले पनी विभिन्न देशका सरकारलेआ–आफ्नो देशमा लकडाउनको कडा नियम लागू गरेका छन् भने नेपालको बारेमा भन्नुपर्दा बिगतमा भन्दा यसपाली भने स्मार्ट लकडाउनसंगै केही दिन सम्म जोरबिजोर जारी रह्यो अहिले भने सार्वजनिक यातायातलाई लगाइएको जोरबिजोर हटाएर निजी सवारीलाई मात्रैलागु गरिएको छ।

स्मार्ट लकडाउन र जोरबिजोरको मानव जीवनमा प्रभाव :  स्मार्ट लकडाउनका कारण मानव जीवनमा नकारात्मक असर परेको भन्नुअनुचित हुनेछ । किनभने लकडाउन यस्तो प्रणाली हो जुन हामीलाई महामारीबाट बचाउन आवश्यक भएको छ। यद्यपि लकडाउनलेविश्वका हरेक मानिसलाई पीडा दिएको छ । यो रोगले लाखौं मानिसका आफन्त र प्रियजनहरू खोसिएको छ। निजी क्षेत्रमा कार्यरतअधिकांशले रोजगारी गुमाएका छन् । यससँगै विद्यार्थीको पढाइमा समेत नोक्सानी भएको छ ।

लकडाउनका बेफाइदा : लकडाउनले देशका हरेक क्षेत्रमा असर गरेको छ । आर्थिक तहदेखि सामाजिक तहसम्म जनताले ठूलो घाटाबेहोर्नुपरेको छ । देशको आर्थिक अवस्थाको टावर आजकाल कमजोर बन्दै गएको छ । जनता आक्रोशित भए र खुलेर लकडाउनप्रणालीको विरोध गरेका छन। बन्दाबन्दी दैनिक काम गर्ने मानिसहरूको लागि लगभग एक विपत्ति जस्तै भएको छ। मजदुरको अवस्थापनि कमजोर बन्दै गएको छ । विद्यार्थीको पढाइमा पनि बढी असर परेको छ । एकातिर शिक्षाका लागि अनलाइन शिक्षा प्रणाली सुरुगरियो भने अर्कोतिर गरिब विद्यार्थी यसबाट वञ्चित हुनुपर्ने अवस्था छ ।

निष्कर्ष : कोरोनाजस्ता भयानक महामारीको संक्रमणको श्रृङ्खलालाई रोक्न लकडाउन गर्नु आवश्यक भए पनि केही नियम रमापदण्डका आधारमा यो प्रणालीलाई हानिकारक हुनबाट बचाउन सकिन्थ्यो


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट, यस क्षेत्रको खुद्रा प्रमुख, कुवेतमा आफ्नो सञ्चालनको २२ औं वार्षिकोत्सव ब्रान्डको अलराइ आउटलेटमा २४अप्रिलमा एक मेगा उत्सवको साथ…

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

प्रतिकृयाहरू
...