Tuesday 23rd December 2025

बहराईन पुर्याइ महिला बेच्ने एजेन्ट २० वर्ष पछि पक्राउ


काठमाडौं – २०५८ सालमा अस्पतालको कामका लागी भनि बहराईन पुर्याइ नेपाली महिलालाइ बेचबिखन गर्ने खोटाङका चन्द्र दिप राइ २० वर्ष पछि पक्राउ परेका छन् । राइले बहराईनको अस्पतालमा बिरामीको स्याहार सुसार गर्ने काममा पठाउछु भनि ति महिलालाइ ५ सय बहराइन दिनार (८ सय अमेरिकन डलर)मा बेचेका थिए ।

मानव बेचविखन अनुसन्धान ब्यूरोका प्रबक्ता प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाका अनुसार राइले ५० हजार रुपैया लिएर ति महिलालाइ बहराइन पठाएका थिए ।

ति महिलालाइ अल हुब्बेल म्यानपावर एजेन्सीका संचालक अब्बस ए. आर. अल्वासरीले बहराइन बिमानस्थलबाट बुझेर बहराईनी महिलालाइ बेचेका थिए । ति नेपाली महिलाले अस्पतालको काम भनि ल्याई घरको काम लगाएकोले काम गर्दिन भनेर भनेकी थिइन । त्यस पछि उनलाइ नेपालको मिडिल ईष्ट मेनपावरले तिमीलाइ बेचेको भन्दै कुटपिट गरिएको थियो । उनलाइ खाना समेत नदिई यातना दिएको ब्यूरोले बताएको छ । यौन शोषण गर्ने समेतको प्रयत्न गर्ने गरेको ब्यूरोको दावी छ ।

ति महिलाइ नेपाली राजदुतावासको सहयोगमा २०५९ श्रावणमा नेपाल फर्काइएको थियो ।
यसरी नेपाली महिलालाइ बहराइनमा बेचेर फरार भएका राइलाइ ब्यूरोले पुस २१ गत २०७८का दिन काठमाडौंमा पक्राउ गरेको हो ।

५२ बर्षिय राइलाइ जीउ मास्ने बेच्ने कार्य ( नियन्त्रण) ऐन, २०४३ बमोजिम कारवाही गरिने छ ।


सम्बन्धित शीर्षकहरु

ढाका, बंगलादेश (एपी) - बंगलादेशमा गत वर्षको राजनीतिक विद्रोहमा एक प्रमुख कार्यकर्ताको मृत्यु भएपछि बिहीबार राति क्रोधित प्रदर्शनकारीहरूले बंगलादेशका दुई…

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

प्रतिकृयाहरू
...