Wednesday 25th March 2026

विदेशमा रहेका नेपालीलाई पनि क्रिप्टोकरेन्सी कारोबारमा निषेध


तीतोपाटी – अनलाइन मुद्रा (भर्चुअल करेन्सी) ‘क्रिप्टोकरेन्सी’ लगायत नेटवर्क मार्केटिङको कारोबार विदेशमा रहेका नेपालीले पनि गर्न नपाउने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बैंकले भनेको छ, ‘नेपालभित्र रहेका नेपाली वा विदेशी नागरिकले यसको कारोबार गरेमा प्रहरीले पक्राउ गरी मुद्रा जफत र कारबाही गर्दै आएको छ ।’ तर, अबदेखि विदेशमा बस्ने नेपालीलेसमेत क्रिप्टोकरेन्सीको कारोबार गर्न नपाउने भएको छ ।

‘क्रिप्टोकरेन्सीेले नेपालको लागि कानुनी मान्यता नपाएकोले त्यस्ता गैर कानुनी वित्तीय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिने देखिन्छ’, बैंकले भनेको छ ।

बैंकले स्वदेशी पुँजी पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरुलेसमेत त्यस्तो कार्य गरेको कारबाही गर्ने चेनावनी दिएको छ ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

प्रतिकृयाहरू
...