Tuesday 23rd December 2025

ग्रिस जाने क्रममा ज्यान गुमाएका २ नेपालीको शव ल्याइयो


तीतोपाटी, काठमाडाैं – ग्रिस जाने क्रममा सवारी साधन दुर्घटनामा परी ज्यान गुमाएका २ नेपालीको शव काठमाडौं ल्याइएको छ । मंसिरको पहिलो साता टर्कीबाट गैरकानूनी रुपमा युरोप प्रवेश गर्ने क्रममा ग्रीसको सीमा नजिकै गाडी दुर्घटना हुँदा ४ जना नेपालीको ज्यान गएको थियो ।

नेपाल सरकारको श्रमिक कल्याणकारी कोषबाट गौरीगंगा नगरपालिका–४ कैलालीका लक्ष्मण सापकोटा र भिमेश्वर नगरपालिका–६ दोलखाका राजु लामाको शव बुधबार अपरान्ह काठमाडौं ल्याइएको हो ।

कैलालीका लक्ष्मण सापकोटाको शव विमानस्थलमा बुझेर कैलाली लाँदै गरिएको मृतकका भतिज गणेश सापकोटाले बताए ।

दोलखाका राजु लामाको भने काठमाडौंको स्वयम्भूमा अन्त्येष्टि गरिने मृतकका भाई अमर लामाले बताए ।

उक्त सडक दुर्घटनामा मृत्यु भएका आमाछोदिङमो गाउँपालिका–३ रसुवाकी शर्मिला तामाङ भनिने रमिला घले र घिरिङ गाउँपालिका–५ तनहुँका ओमबहादुर थापाको शव ल्याउन भने गैरआवासीय नेपाली संघ (एनआरएन)ले ७ हजार २ सय यूरो संकलन गरेर ग्रीस पठाइएको छ ।

उनीहरूको शव नेपाल ल्याइने प्रकृया अन्तिम चरणमा पुगेको एनआरएनए टर्किका अध्यक्ष उज्वल कुमार घिसिंङले बताए ।


सम्बन्धित शीर्षकहरु

ढाका, बंगलादेश (एपी) - बंगलादेशमा गत वर्षको राजनीतिक विद्रोहमा एक प्रमुख कार्यकर्ताको मृत्यु भएपछि बिहीबार राति क्रोधित प्रदर्शनकारीहरूले बंगलादेशका दुई…

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

प्रतिकृयाहरू
...