Wednesday 12th November 2025

२१ लाख नेपाली विदेशमा


तीतोपाटी – राष्ट्रिय जनगणना २०७८ अनुसार करिब २१ लाख बढी नेपाली विदेशमा रहेको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको विवरण अनुसार मात्रै २१ लाख ६९ हजार ४७८ जना नेपालीको विदेशमा बसोबास रहेको छ ।

विदेशमा रहेकामध्ये पुरुषको संख्या १७ लाख ६्र३ हजार ३१५ रहेको छ । विदेशमा बस्ने कूल नेपालीको ८१.२८ प्रतिशत हुन आउँछ । महिलाको संख्या भने ४ लाख ६ हजार १०३ रहेको छ । जुन विदेशमा रहेका नेपालीमध्ये १८.७२ प्रतिशत हो ।

२०६८ को तथ्यांक अनृुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या १९ लाख २१ हजार ४१४ रहेको थियो । जसमा पुरूष १६ लाख ८४हजार ०२९ (८७.६४ प्रतिशत) र महिला २ लाख ३७ हजार ४०० ९१२।३६ प्रतिशत० थिए ।

पछिल्लो १० वर्षको अवधिमा विदेशमा बस्ने महिलाको संख्या भने ७१.०९ प्रतिशतले बढेको छ । विदेशमा बस्नेहरुमध्ये पनि सबैभन्दा तराई क्षेत्रबाट १० लाख ६५ हजार ९६९ रहेका छन् । पहाडबाट ९ लाख ८४ हजार ८९६ र हिमालबाट द१ लाख १५ हजार ६१३ जना विदेशमा बस्ने गर्दछन् ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...