Sunday 11th October 2026

कुवेतमा क्रेनको ठक्करबाट सिन्धुपाल्चोककी सानुकान्छी दोङको मृत्यु, परिवार संपर्कमा आएनन्


तीतोपाटी डटकम- कुवेतमा सडक पार गर्ने क्रममा सिन्धुपाल्चोककी सानुकान्छी दोङको मृत्यु भएको छ । दोङलाई कुवेतको मंगाफमा क्रेनले ठक्कर दिएको हो ।

शुक्रबार दिउँसो करिब १:१५ बजे सडक पार गर्दैगर्दा बिपरित दिशाबाट आउँदै गरेको क्रेनले दोङलाई ठक्कर दिएको हो । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

ठक्कर दिने क्रेनलाई कुवेत प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शलाई पोस्टमार्टमको लागि अस्पताल पठाइएको बताइएको छ ।

सिन्धुपाल्चोक साबिकको गोल्छे-१की मृतक दोङको परिवार हाल सम्म संपर्कमा नआएकोले परिवारलाई नेपाली राजदूतावासको संपर्कमा आउन कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले आग्रह गरे । उनले घटनापछीका कानुनी प्रकृयामा दूतावास र सम्बन्धित निकायले काम गरिरहेको बताए ।


सम्बन्धित शीर्षकहरु

अफ्रिकी देश जिबुटीको तट नजिक आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा १३९ जनाको मृत्यु भएको छ भने ८४ जना अझै बेपत्ता…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा हुने आक्रमण रोक्ने विषयमा तत्काल लागू हुने “ऊर्जा युद्धविराम” भएको घोषणा…

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा भएको खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ। नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा २३४…

प्रतिकृयाहरू
...