Sunday 6th July 2025

राम्राे जागिरकाे प्रलाेभनमा ठगकाे पछि नलाग्न साउदीस्थित नेपाली राजदूतावासकाे अनुराेध


राम्रो रोजगारी पाइने नाममा भइरहेको काम छोडेर ठगहरूको प्रलोभनमा नपर्न नेपाली श्रमिकहरूलाई नेपाली राजदूतावास साउदी अरवले अनुरोध गरेको छ ।

साउदीबाट फर्कनका लागि चाहिने बहिर्गमन भिसा, हवाइ टिकट, सीसीएमसी फारम भर्न, फोटोकपी खर्च लगाएको शीर्षकमा पनि अनावश्यक रूपमा नेपाली श्रमिकहरू ठगिएका र ट्राभल्समा पुगेकालाई समेत ठगिएको गुनासो आएकाले दूतावासले प्रेस विज्ञप्तिमार्फत सचेत रहन सबैलाई सूचीत गरेको हो ।

साउदी अरबमा लामो समयदेखि बस्दै आएका केही नेपालीहरूले छद्म नाम/परिचयबाट र फेरिरहने टेलिफोनबाट सिधासादा नेपाली कामदारलाई सम्पर्क गरी ठग्ने गरेका गुनासाहरू दूतावासमा आएका छन् ।

दूतावासले भनेको छ, ‘भखरै ईकामा (नयाँ भिसा)बनाएका श्रमिकहरूलाई उनीहरूले खाइपाइ आएको तलब भत्ताभन्दा बढी दिने बाहनामा भइरहेको रोजगारी छाड्न प्रेरित गर्ने र गैर–कानूनी हिसाबले काममा लगाउने गरिएको छ । कम्पनी छोडेर भाग्नु गैरकानूनी र अनैतिक हो भने त्यस्ता कामदार भगाउनु अपराध हो ।’

नेपाली दूतावासले साउदी अरवमा कामदारलाई भगाउने र कामदार भाग्ने क्रम बढेकोले यस प्रकारको निन्दनीय काम नगर्न÷नगराउन सम्बन्धित सबैलाइ अनुरोध गरेको छ ।

साथै मानव तस्करीका रूपमा रहेको कामदार भगाउने अपराधमा संलग्नहरूको अधिकारीहरूले सूक्ष्म हिसाबले खोजी गरिरहेको हुँदा यस प्रकारका आपराधिक क्रियाकलापमा संलग्न नहुन सम्बन्धित सबैलाई सचेत गरेको छ ।

नेपाली दूतावासले साउदी अरबमा गैर–कानूनी हैसियतमा रहेको व्यक्ति बिरामी भएर उपचार गर्नुपर्दा अस्पतालमा छिर्न नपाइने, दुर्घटना भएर घाइते वा अंगभंग वा अपांग भयो भने त्यसको उपचार र क्षतिपूर्ति नपाइनेसमेत बताएको छ ।

साथै त्यस्तो व्यक्तिको मृत्यु हुन गएमा मृतकको शव नेपाल पठाउने जिम्मा समेत कसैले नलिने हुँदा कसैको प्रलोभनमा परी वा क्षणिक लाभ हेरेर आफ्नो कम्पनीबाट भाग्ने र गैर कानूनी हैसियतमा बस्ने काम कदापि नगर्न÷नगराउनु सम्बन्धित सबैमा दूतावासले सचेत गराएको छ ।


सम्बन्धित शीर्षकहरु

एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको…

तीतोपाटी — त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाका स्ववियु सचिव एवं अभियान्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’को नेतृत्वमा सञ्चालित ‘एक घर, एक लालीगुराँस’ अभियान…

बेरुत: बिहीबार साँझ ५ बजे दक्षिणी बेरुतको खाल्देह रोडमा इजरायली ड्रोन आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने कम्तिमा चार…

प्रतिकृयाहरू
...