Wednesday 22nd July 2026

स्रष्टा परिचयको साथमा एक रचना, भाग – ३


व्यक्तिगत विवरण
नामः– ममता मृदुल
जन्म मिति:- २०३०साल भदौ २५ गते
जन्म स्थान:- विराटनगर
ठेगानाः- विराटनगर -३
जागिरः– गोरखापत्र संस्थान प्रदेश स्तरिय कार्यालय विराटनगर
पेशाः– प्रुफरिडर
बसोवासः– विराटनगर
पहिलो पल्ट प्रकाशित कविता नागबेलीमा २०४१ सालमा माया शीर्षकको कविता

पुरस्कार र पदक
१ महेन्द्र जयन्ती तथा सम्विधान दिवसमा २०४२ सालमा कवि गोष्ठीमा प्रथम पुरस्कार
२ देवकोटा जयन्तीमा तृतिय पुरस्कार २०४३
अन्य प्रतियोगितामा प्राप्त धेरै छन्
३ गद्दी आरोहण रजत पुरस्कार र पदक २०५१
४ विश्वयुवा शान्ति सम्मान २०११ सन
५ विश्वनारी साहित्य पदक २०७१
६ भानुभक्त २०० शताब्दी पदक २०७२
७ गोरखापत्र लघुकथा प्रतियोगितामा उत्कृष्ट दश लघुकथाकारमा सातौं स्थान २०७३
८.केदारनाथ रिजाल गुणकुमारी र रोगकुमारी रिजाल स्मृति पुरस्कार एवं पल्लव राष्ट्रिय साहित्य सम्मान, २०७७
९.षडानन्द प्रतिभा पुरस्कार २०७७

प्रकाशित कृतिः–
१ अध्यारो रात कथासंग्रह २०७०
२ अभिजय कवितासंग्रह २०७३
३ अधुरो नाता उपन्यास २०७४
४ आखिर किन ? कथासंग्रह २०७६
५ अंजुलीको पानी उपन्यास २०७६
६ सेलाएको सयपत्री लघुकथा संग्रह२०७७
७ स्पर्श उपन्यास २०७७

सम्पादन
१.पुष्पलता आचार्य व्यक्तित्व र कृतित्व भाग –२,३,४, २०७२ साल
२.कथामा पुष्पलता कथासंग्रह २०७३
३.सौन्दर्यमा आमा लघुकथा संग्रह २०७८
४ , कंचनजङ्घा लघुकथा सङ्ग्रह २०७८

संग्लनताः–
१ नारी स्रष्टा समाज प्रदेश १ अध्यक्ष
२ लघुकथा समाज नेपाल प्रदेश १ अध्यक्ष
३ लघुकथा सौन्दर्य एडमिन

आजिवन सदस्यः–
१ नारी स्रष्टा समाज संस्थापक अध्यक्ष
२.चेतना संरक्षण प्रतिष्ठान
३.विराट साहित्य संगम
४.प्रतिभा साहित्य प्रतिष्ठान
५.पशुपति दैनिक भजन समुह
६, स्रष्टा समाज नेपाल

कथा:असिमित चाहना
कथाकार – ममता मृदुल

दशै आयो । यसपाली दशैमा त अरु बर्ष जस्तो नगर्नु होला मैले पहिल भनेकी छु । मलाई सुतीको सारी किनी दिएर टार्न पाईदैन् । वरु किन्न सक्दीन भन्नु मेैले भनेको सुन्दै हुनुहुन्छ नी आराधनाले बालकृष्ण लाई भनिन् बालकृष्ण केही बोलेनन् । सत्तरी नाघेका बुबाआमा घरमा छन् । टिका लगाउने मान्छेको धुइरो लाग्छ । खाना पनि दिनै परयो । जिल्ला प्रशासन कर्यालयमा सुब्बाको जागीर छ । टाउकोमा बोकेको समस्याको भारी बिसाउने चौतारो छैन् । आमाले भन्नु हुन्छ नारी भनेको धर्ती हुन अनेकौं पिडा मुस्कुराएर सहन्छिन् । तर केही भन्न पनि भएको छैन् । वालकृष्ण मौन् बस्छन् । वोलेको कुरा पु¥याउन नसक्नेले नबोल्नु बेश हुन्छ । चुपचाप कोठामा बसेका छन् । एकछिन पछि छोरी आईन् । वालकृष्णको अनुहारमा हेर्दै वावा खसी कहिले ल्याउने भनेर सोधिन् । वालकृष्ण फिस्स हाँसे जवाफ दिएनन् ।
सात जना छोरामा कान्छो छोरा वालकृष्ण हुन् । वा आमा कान्छो छोरासगँ बस्ने भए । पहाडको खेत पाखावारी घर वेचेर आएको पैसा नौ भाग लाग्यो । वा आमा समेतको भागको रकम हालेर टंकीसिनुवारी मा एक कट्ठा घडेरी किने । आमाको सुन बेचे । वालकृष्ण सञ्चयकोष बाट सापटी रकम झिके । सबै पैसा मिलाए पछि चारकोठा पक्की घर वनेको थियो । आराधना सँग विहे हुँदा यो घर बनी सकेको थियो । पुरानो कुरा सम्झदै वालकृष्णले सोचे । वा आमाको बृद्ध भता पनि आउँछ । पहिले पनि आमाले दिनुहुन्थ्यो । यसपाली आफै भन्नु परयो दशै खर्चल दशै टदैन् । मनका कुरा मनमा पोको पारे होस पछि भनौला दशै अझै बिस दिन पछि आउँछ ।
वालकृष्ण नौ वजे कार्यालय जान हिडे । वालकृष्ण गए पछि आराधना लाई वोलाउदै सुनन्दा आइन् । दुई जना कोठामा बसेर गफ गरी रहेका थियो । सुनन्दाको हातमा भएको फोन बज्न थाल्यो । फोनमा कुरा गर्दा गदैँ उठिन । म आउछु भनेर फोन काटिन । सुनन्दाको हात समाएर अनुराधाले भनिन् दिदी मलाई पनि काम खोजि दिनु न एक जानाको कमाइले घर चलाउन मुस्किल परेको छ तपाईको घर देख्दा त मलाई खुशी लाग्छ । दाजु को र मेरो बुदाको तलब उस्तै त होनी तर तपाइृले कमाएको कस्तो राम्रो छ । मलाई पनि आफुसगैँ लैजानुस न् । सुनन्दा चुपचाप उभिइरहिन के भन्ने नभन्ने विचार गदै भनिन् । बैनी तपाई यस्तो सुखमा वसेको मान्छेले के काम गर्नु हुन्थ्थो । म त धरै दुःख गर्छु । फेरी जति बेला बोलाए पनि जानुपर्छ नाई भन्न पाइदैन तर पैसा त राम्रो कमाइ हुन्छ ।
अनुराधाले मनमनै सोचिन । कहिल्यै आफ्नो लागी सय रुपैया खर्च गर्न पुग्दैन बरु सुनन्दासँग काममा जान्छु जिद्धी गर्न थालिन । सुनन्दा अल्योलमा परिना फेरी साहुलाई फोन गरिन् । म साथी लिएर आउभन्दा साहुले हुन्छ भनिदियो ।
सुनन्दाले आराधनालाई सगैँ लिएर आउँदा वाटोमा आफुले गर्ने काम बारे भनिदिइन् । आराधना पनि त्यो काम गर्न मञ्जुर भइन । आराधनालाई पैसाको कमी हुन छाड्यो । घरमा खसी आयो सबैलाई नयाँ कपडा किनिन् फ्रिज, कपडा धुने मेसिन, भित्ते टि.भी.सामान थपिदै गए वालकृष्ण केही नवोली हेरि रहेका थिए । कहाँबाट यि सामान आयो सोधेनन् ।
दशै रमाइलो संग बित्यो । तिहार आउन लागेको छ । आराधनाका असिमित चाहाना पूरा भै रहेको छ । पैसा प्रतिको मोहले आराधाना गलत बाटोमा त हिडीनन् । कहिले काही बालकृष्णलाई लाग्छ । उनको आराधनालाई सम्झाउने कोसिस गरे । आराधना लाई सम्झाउनु भनेको फलामको चिउरा चबाउनु जस्तै भयौ ।आराधनाको व्यवहारबाट बालकृष्ण धेरै चिन्तित भए तर रोक्न सकेनन् ।
बालकृष्णले आराधनाको असिमित चाहाना पूरा गर्न सक्दैन थिए । त्यै भएर मौन बस्नु ठिक ठाने । जिल्ला प्रशासनको मुद्दा फाँटमा काम गर्ने बालकृष्ण अपराध बारे अनभिज्ञ छैनन् । तर नारीहरुको अगाडी उनको जो चलेन ।
आज पनि आराधना र सुन्दा एघार बजे घरबाट निस्के बालकृष्ण कार्यालयबाट काम गरेर बसेको थिए । चार बाजे प्रहरीले होटल छापा मार्दा समातेका मानिसलाई म्याद थप गर्न ल्याए । बालकृष्णले म्याद थप गर्ने मिसिलमा नाम पढ्दा पढ्दै आडिए र अन्तिम नाम आराधनाको थियो । बिस्वास लागेन ल्याएका मानिसको अनुहारमा हेरे आराधना टाउको निहुराएर भित्तामा उभिइ रहेकी थिइन ।

–विराटनगर


सम्बन्धित शीर्षकहरु

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १२ वर्षभन्दा बढी समयदेखि सत्तामा छन्। यस अवधिमा विपक्षी दलहरूले पटक–पटक विभिन्न मुद्दामा सरकारसँग छलफल र…

भारतीय राजनीतिज्ञ, लेखक तथा कूटनीतिज्ञ शशि थरूरद्वारा लिखित Why I Am a Hindu समकालीन भारतमा हिन्दू धर्म, हिन्दुत्व र धर्मनिरपेक्षताको…

इरान–अमेरिका वार्तामा मध्यस्थको भूमिका निर्वाह गरेपछि पाकिस्तानले अमेरिकासँग १० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता सुविधा (Exchange Stabilisation Support Facility)…

प्रतिकृयाहरू
...