Wednesday 14th October 2026

अथकका पंचाङ्गहरू


बसन्त आउँदा नि जिन्दगीले बुझेन
मसान्त लाउँदा नि जिन्दगीले बुझेन
जोखना हेराई तिर्थ व्रत र मन्दिर
जीवन्त धाउँदा नि जिन्दगीले बुझेन
एकान्त पाउँदा नि जिन्दगीले बुझेन

कुराकानी गर्ने भए भाइवरमा आउनु
चिनाजानी गर्ने भए साइवरमा आउनु
आफ्ना दुई आँखाबाट आफैलाई नै खसाई
मनोमानी गर्ने भए टाइगरमा आउनु
परेसानी गर्ने भए नाइवरमा आउनु

कता कता सुने कुन्नि उनी आइथिन रे
आज बल्ल था’पाएँ मलाई चाइथिन रे
के के हुन्छ जिन्दगीमा था’कस्लाई छ र
सुख दुःख पीडा मर्म राग गाइथिन रे
चुरा पोते तिलहरी टीकी लाइथिन रे

ढिलो गरि लौ भेट भयो हजुर
अर्कै मान्छे पो सेट भयो हजुर
भनसुन कतै गरू भने पनि
अलिकति पो लेट भयो हजुर
कुरो यहीनै ठेट भयो हजुर

क्रमभंग गर्दै प्रभु सूर्यनै रूकेथे
मान्छेको के कुरा कृष्णजीलेनै ढुकेथे
एकलव्यहरू ओझेलमै छन् गुरूजी
लाज लाग्नुपर्ने अर्जुन आफै चुकेथे
सत्ता शक्ति छाडी राजा इन्द्र नि लुकेथे

रात्रीको यो प्रहरमा पंचाङ्ग लेखे
छन्दभङ्ग ठहरमा पंचाङ्ग लेखे
धेरै दिन पछि आज अनुरोधमा
बिरानो यो शहरमा पंचाङ्ग लेखे
अथकको रहरमा पंचाङ्ग लेखे

पुष्कर अथक रेग्मी
श्रीनगर पाल्पा


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...