Friday 11th September 2026

लघुकथा : आलुको घमन्ड -सीता बिष्ट कार्की (सीबिका)


म त तरकारीको राजा
सबैको भान्सामा साझा
म बिना सुन्य हुन्छ भान्सा
भनी बजाउँछ आलुले घमन्डको बाजा ।
पिडालुले तरुललाई आलुको मुक्तक सुनायो,पहिले पहिले त आलु निकै भलादमी लाग्थ्यो सबै तरकारीलाई समान नजरले हेर्थ्यो । आज भोली के भएछ कुन्नि, पिडालुले तरुललाई भन्यो, “उता आलुराजा पिडालु र तरुलको वरिपरि के सोचेर घुमिरहेको छ ।”

आलुराजाको चुरिफुरी बढेको देखेर पिडालुले तरुललाई आँखा सन्कायो, यो त कति दहीचिउरे र स्वार्थी है अझ आफुलाई तरकारीको राजा रे, आफूमात्रै तरकारी अरूलाई बनमारा झारजस्तै संझने कस्तो पाखन्डी सोच !
“धेरै आलुसाथीहरुसंग बस्दा आफू एक्लो बिरामी भयो भने पनि सबै आलु साथीहरु बिरामी हुन्छ्न अझ यत्रो फूर्ती आलुको!” काउलीले पिँडालुलाई भन्यो ।

एकदिन आलुको झगडा भयो । उस्का सबै साथीहरु काउली, सिमी, बोडी, परवर भान्टासंग, आलुलाई अब सबैको भान्सामा निषेध गर्नु पर्छ, आलु मुर्दावाद अरु सबै तरकारी जिन्दावाद ।
आजभोली सबै तरकारी बारीहरुमा लाइ किरा लागेको छ । तरकारीमा यो रोग महामारिको रुपमा फैलिएको छ यस्तो बेला पनि आलुले आफ्नो मात्र स्वार्थ हेर्छ, आफुलाई पनि लाइकिरा लाग्न के बेर ।
आफ्नो स्वार्थको लागी आलुले निन्याउरो मुख लगायो र अर्को रणनिती बनाउन थाल्यो । अब आलुको आत्मीय मित्र सबै तरकारीको गुरु डल्ले च्याउलाई चिठी पठायो केहि विचारहरु पोखेर, अब मेरो राजाको पद खोसे भने कसरी बच्ने होला जस्ता मनगढन्ते विचार

तुरुन्तै गुरु डल्ले च्याउले आलुको मनोबिज्ञान पढ्यो र उस्कै ईच्छा बमोजिमको उत्तर दियो । आलुको गुरुले दिएको उत्तर कुनै तरकारीले बाहेक सबै तरकारीहरुले विरोध गरे । तरकारीको राजा पदलाई स्थायी बनाउन बाहिरबाट पनि तरकारी किनेर ल्याउन आफ्ना साथीहरुलाई लगायो ।
आलुको चालबाजी सबैलाई थाहा भयो गजब रहेछ आलुको सोच । जबर्जस्ती उस्लाई थाहा नभई ल्याएको भएर उस्ले पनि बिरोध गर्यो, आखिर अन्त्यमा आलुको गुरुलाई पठाएको चिठी आलुलाई नै जस्ताकोतस्तै फिर्ता भयो । आलु लाजले भुतुक्क भयो, घमन्ड जति पानी पानी भयो जस्तो जाँचको न्यूनतम नम्बर कति आयो भन्दा आलु आयो, फेल हुँदा आलु खाईस ।

सीता बिष्ट कार्की (सीबिका)
टोखा ९ गोङ्गबु काठमाडौ


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

प्रतिकृयाहरू
...