Tuesday 2nd June 2026

एनआरएनए कुवेतको अन्तर नेपाली भलिवल प्रतियोगित जनवरी ७ मा सर्यो


टाइशिट ३० डिसेम्बर साँझ माहबुल्लामा हुने
गैरआवासीय नेपाली संघ NRNA कुवेतद्वारा २४ डिसेम्बर आयोजना गर्ने भनिएको NRNA अन्तर नेपाली खुल्ला भलिबल प्रतियोगिताको मिति परिवर्तन भएको छ। २४ डिसेम्बर आयोजना गर्ने भनिएता पनि विभिन्न प्राविधिक कारणहरुले उक्त दिन गर्न नसकिने र सोही प्रतियोगिता ७ जनवरिका दिन गर्ने निर्णय भएको जानकारी प्राप्त भएको छ।

गैरआवासीय नेपाली संघका युवा संयोजक नवराज पराजुलिले विविध प्राविधिक कारणले मिति परिवर्तन गरि ७ जनवरिका दिन गर्ने जानकारी दिएका हुन। उनले आजकै दिनबाट टिम दर्ता गर्न सकिने र अन्तिम टिम दर्ता ३० विहिवार साँझ ५ बजे सम्म रहेको समेत जानकारी गराएका छन। उनले भने ३० तारिक साँझ ५ बजेदेखि ६ बजेसम्म टिम दर्ता गराएर सोही दिन साँझ ७ बजे टाइशिट सार्वजनिक गर्नेछौँ।” टिम दर्ताका लागि महासचिव दिलकुमार पाख्रीनलाइ 97557313 मा युवा संयोजक नबराज पराजुलीलाइ 50616895 मा र साँस्कृतिक विभाग प्रमुख मोहन राई लाई 66223024 सम्पर्क गर्न सकिनेछ। टाइशिटको लागि २९ तारिक माहबुल्लाको नमस्ते नेपाली रेस्टुरेन्टमा टिम म्यानेजर वा टिमको प्रतिनिधि उपस्थित हुनुपर्ने छ।

प्रतियोगिता स्तरिय ढङ्गबाट कुवेत सरकारकै भलिबल कोर्टमा हुने हुँदा चौतर्फी सिसि क्यामेरा जडान गरिएको जानकारी गराउँदै खेल हेर्न आउनुहुने दाजुभाइ दिदिबहिनिहरुले कुनै पनि किसिमको मदिरापान नगरी आउनुहुन अनुरोध गरिएको छ।

प्रतियोगिताको पुरस्कारमा भने परिवर्तन भएको छैन। प्रथम पुरस्कार नगद २०१ कुवेती दिनार, ट्रफी, प्रमाणपत्र र मेडल, दोश्रो पुरस्कार १२५ कुवेती दिनार, ट्रफी, मेडल र प्रमाणपत्र, तेस्रो पुरस्कार, प्रमाणपत्र, ट्रफी र मेडल, सर्बोत्कृष्ट खेलाडीलाइ नगद २५ कुवेती दिनार, ट्रफी र प्रमाणपत्र सर्बोत्कृष्ट स्पाइकरलाइ नगद २५ कुवेती दिनार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगिता हुने
मिति: ०७ जनवरी २०२२
समय: बिहान ठिक ८ बजे
स्थान: फाहाहिल क्लब फहाहिल अक्सिजन जिमको पछाडी


सम्बन्धित शीर्षकहरु

भारतीय सञ्चारमाध्यम Aaj Tak ले हालै नेपालको सीमा विवादसम्बन्धी विषयलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिलाई मुख्य समाचार…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानलाई “पूर्ण र बिना सर्त आत्मसमर्पण” गर्न चेतावनी दिएका छन्। ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानले आफ्नो…

हालसम्म सार्वजनिक भएका विभिन्न अन्तर्राष्ट्रिय रिपोर्टहरूका अनुसार, Ali Al Salem Air Base मा इरानले प्रहार गरेको भनिएको एक Fateh-110 ब्यालिस्टिक…

प्रतिकृयाहरू
...