Saturday 5th July 2025

दुर्गा रिमाल अधिकारीका साेमराजी छन्दमा षड्ऋतुहरु


१)कतै हेर्छ आँखा
कतै खुल्छ नानी
कतै हुन्छ अन्धो
कतै बेइमानी
कसैको छ भाका
कसैको छ साझा।।

२ )कतै हुन्छ आशा
कतै तुच्छ भाषा
कसैेमा छ बाधा
कतेै मिल्छआहा
हुने मात्र ज्यादा
त्यही हुन्छ व्याधा ।।

३) कतै हुन्छ पाखा
कतै हुन्छ गैरी
कतै सुख्खा टारी
कतै हुन्छ भारी
यहीं भोक सार्हो
यहीं हुन्छ गार्हो ।।

४)सदा गर्छु पूजा
अझै बोक्छु थाली
सदा भज्छु राधा
उसैमा छ ताली
सके बन्छ राजा
उहीँ हुन्छ ताजा ।।

५)बिहानी छ हावा
पहेंलो छ मेवा
यही स्वाद मीठो
बनाऔं न तीखो
यसैमा छ गाना
बजाऔं बजाना।।

दुर्गा रिमाल अधिकारी
काठमाण्डौ, कलङ्की


सम्बन्धित शीर्षकहरु

तीतोपाटी — त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाका स्ववियु सचिव एवं अभियान्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’को नेतृत्वमा सञ्चालित ‘एक घर, एक लालीगुराँस’ अभियान…

बेरुत: बिहीबार साँझ ५ बजे दक्षिणी बेरुतको खाल्देह रोडमा इजरायली ड्रोन आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने कम्तिमा चार…

कुवेतको लुलु हाइपरमार्केटले जुलाई २ देखि ८ सम्मका लागि एक हप्ता लामो " लुलु समर सरप्राइज" प्रमोसन शुरू गरेको छ…

प्रतिकृयाहरू
...