Friday 18th September 2026

दुर्गा रिमाल अधिकारीका साेमराजी छन्दमा षड्ऋतुहरु


१)कतै हेर्छ आँखा
कतै खुल्छ नानी
कतै हुन्छ अन्धो
कतै बेइमानी
कसैको छ भाका
कसैको छ साझा।।

२ )कतै हुन्छ आशा
कतै तुच्छ भाषा
कसैेमा छ बाधा
कतेै मिल्छआहा
हुने मात्र ज्यादा
त्यही हुन्छ व्याधा ।।

३) कतै हुन्छ पाखा
कतै हुन्छ गैरी
कतै सुख्खा टारी
कतै हुन्छ भारी
यहीं भोक सार्हो
यहीं हुन्छ गार्हो ।।

४)सदा गर्छु पूजा
अझै बोक्छु थाली
सदा भज्छु राधा
उसैमा छ ताली
सके बन्छ राजा
उहीँ हुन्छ ताजा ।।

५)बिहानी छ हावा
पहेंलो छ मेवा
यही स्वाद मीठो
बनाऔं न तीखो
यसैमा छ गाना
बजाऔं बजाना।।

दुर्गा रिमाल अधिकारी
काठमाण्डौ, कलङ्की


सम्बन्धित शीर्षकहरु

गत भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी र हिमपहिरोमा मानवजनित जलवायु परिवर्तनले महत्वपूर्ण भूमिका खेलेको वैज्ञानिकहरूको नयाँ…

अस्ट्रेलिया सरकारले आप्रवासन संख्या घटाउने लक्ष्यसहित नयाँ कडाइका उपाय अघि सारेको छ। गृह मन्त्री Tony Burke ले विदेशी विद्यार्थीका पारिवारिक…

प्रशान्त महासागरको द्वीपीय राष्ट्र फिजीले एचआईभी (HIV) संक्रमितको संख्या तीव्र रूपमा बढेपछि राष्ट्रिय आपतकाल घोषणा गरेको छ। स्वास्थ्य मन्त्री एन्टोनियो…

प्रतिकृयाहरू
...