Wednesday 14th October 2026

६ सर्जकका खोरियाहरू


खोरिया

परेछ गाला चाउरी
सुकेर शरिर लौरी
बुढ्यौली रुन्छ राती
चिरिन्छ छाती ।

चाँदीझै केश फुलेको
रहर भित्रै डुलेको
ऐनामा बैश हरायो
एक्लो गरायो ।

खोजेको खान हुँदैन
रोजको हेर्न सक्दैन
कानले बर्को ओडेछ
सुन्न छोडेछ ।

प्रेमको अझै बन्धन
चलाएकोछु धड्कन
समाल्न आउ जिन्दगी
डोरी छिन्छकी ।

कवि जनार्दन धड्कन ।

खोरिया

१
बाबा र आमा असक्त ।
बन्नुछ उनैका भक्त ।
मद्दत गरौँ बेलामा ।
मरे खोलामा !

२
बाआमा बिर्से महान ।
सम्पूणर् बिग्रे सन्तान ।
बिग्रेर के के हुँदैछ,
आत्मा रुँदैछ !

३
अनौठो खेल हुँदैछ ।
सम्पत्ति खेर जाँदैछ ।
अगाडि छैन आहारा,
लठ्ठी साहारा !

-आर्त अकुलीन
देवाश्रम, कैलाली

खोरिया
१ड्ड
उमेर कट्यो अठार
पढेको काम नपार
भिसामा छाप लगार
हिंडें कतार
२ड्ड
बिहान अनि बेलुकी
हजुरलाई नदेखी
बसौंला खोई कसरी
हुन्न यसरी
३ड्ड
तिमी नै मेरो संसार
सानो बनाऊकक धन्सार
चलाऊकक व्यापार धन्दा
विदेश भन्दा

घनश्याम पौडेल, पोखरा

छोरा र छोरी महान
लिएर आफ्ना जहान
देश विदेश डुल्दै छन्
घर भुल्दै छन् ।
१
सोध्छ र कस्ले भोकमा
बाबा र आमा शोकमा
आँगनी लौरो साथी छ
प्रभु साक्षी छ ।
२
देख्नु र सुन्नु हरायो
वयले के के गरायो?
परेली सधैँ चिसिए
पाउ घिस्सिए

चन्द्रावती अधिकारी,कोहलपुर ।

खोरिया

१
नसक्ने भयो उमेर
आएन बैंस घुमेर
शरीर सबै दुख्दछ
मन चुक्दछ।
२
मनमा पिर थपियो
राधेश्याम नि जपियो
जागर सबै हरायो
अल्छी गरायो।
३
इश्वर जस्तै बा आमा
पुजेर राखौ घरमा
मन्दिर जान पर्दैन
सुख घट्दैन।

लक्ष्मी बस्याल, बर्दिया

रहर सबै हरायो
रोगले सारो गरायो
उमेर गयो ढाल्केर
बसौं तड्पेर ।।

तागत छैन ज्यानमा
उमङ्ग छैन मनमा
सन्तान सबै मुग्लान
दुक्लो जीवन ।।

बिरह मन भरी छ
काहने होला कोसित
न्याउली चरी जसरी
बसौं कसरी ।।

जानुका थापा
बुढनिलकण्ठ-८, गोल्फुटार


सम्बन्धित शीर्षकहरु

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले…

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सल्लाहकारहरू सन् २००९ को फोर्ट हुड गोलीकाण्डका दोषी निदाल मलिक हसनलाई मृत्युदण्ड दिइएको…

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

प्रतिकृयाहरू
...