Friday 19th April 2024

पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला :- ०५


“पाँच तत्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार ”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला

मिती :- २०७८/ ०८/०१

प्रशिक्षक:-
सोमनाथ लुइटेल “रवि पाल्पाली”

भाषा शुद्धीकरण सुझाव :-
सुशीला पौडेल
सविता के.सी.
तोयानाथ सुवेदी
चन्द्रावती अधिकारी

संकलक :-
सोमनाथ लुइटेल
सविता के.सी.

सहजकर्ता :-
रामराजा के. सी.

======================
तल दिएको अनुप्रासमा स्थायी आफैल राखि लेख्नुहोला।
~~~~~~~~~~~~~~~~
दान , मान , सान , भान , समान , लगान , तान ,छान ,
बान , झान , कान , खान ,पान , समान , भान आदि।

पञ्चाङ्ग : १

निर्धन भएकालाई दान दिन सके राम्रो
गरिब पीडितलाई मान दिन सके राम्रो
हामीहरुले बसाल्नु पर्छ नीतिगत कुरा
पीडित सबैलाई सम्मान दिन सके राम्रो
डुबि नसक्दै मिलेर तान दिन सके राम्रो ।

-सोमनाथ लुइटेल “रवि पाल्पाली”

पञ्चाङ्ग २

गरिबको घरमा सधै खान कहाँ हुन्छ ?
परिश्रमी छन् किसान त भान कहाँ हुन्छ?
नुग्नु पर्छ गरिब सधै ठुला वडा सामु
ठुला ले नै हेप्ने गर्छन् समान कहाँ हुन्छ?
गरिबले खान मुखमा पान कहाँ। हुन्छ?


आफू भन्दा ठूलो लाइ सम्मान गर्नु पर्छ।
सानो भनि नहेप्ननु धेरै सान गर्नु पर्छ।
लानु छैन मर्ने बेला सबै छोडि जाने हो
किन गर्छौ लोभ लालच दान गर्नु पर्छ।
भविष्यका सन्तति मा लगान गर्नु पर्छ।

-लक्ष्मी बस्याल, बर्दिया

पञ्चाङ्ग ३

प्रकृतिकाे उपहार देश वैरीलाई दान नदेऊ
अवसरवादी छिमेकीलाई कुनै स्थान नदेऊ
हामी अाफैँ ठूला छाै स्वर्गभूमि नेपालमा,
जानी जानी सानालाई कुनै ठूलाे मान नदेऊ
गाेपनियता हुनुपर्छ सर्वस्व पहिचान नदेऊ ।

कतै काहीँ खुसीभरि मेराे देशकाे गान मिलाेस् ,
असहाय दुखीलाई एक पेट खान मिलाेस्।
तेराे मेराे नहाेस् कतै मेचि देखि काली सम्म
नेपालका सन्तान हामी भन्ने एउटै भानमिलाेस् ।
लेकबेसी हिमाल पहाड सबैतिर जान मिलाेस्।

-चन्द्रावती अधिकारी, कोहलपुर

पञ्चाङ्ग ४

प्रभातको मिर्मिरे सङ्गै मूर्त कुराहरू उठान होस्
अन्याय सहेर पनि सही विचारमा नै अढान होस्
बेसहारा भएको बेला सधैं बैशाकी मिल्ला नमिल्ला
विगत फर्केर होइन योजनाबद्ध वर्तमान होस्
आमाको आशीर्वाद सम्झी समरुपको सहगान होस् ।

✍️ प्रेम थापा, बागलुङ

पञ्चाङ्ग ५

दुखि गरीब असायलाई सधैं दान दिएर पुगोस्
आफू भन्दा ठूलालाई आदार र मान दिएर पुगोस्
सधैं भरि असल काम गर्न पाइयोस् बाचुन्जेलनै
विश्वभरि नेपाल र नेपालीको शान दिएर पुगोस्
अन्जान अज्ञानी अनपढलाई ज्ञान दिएर पुगोस् ।

-तारा घिमिरे, संखुवासभा

पञ्चाङ्ग ६

गरीवलाई दान दिनु उचित
विद्वानलाई मान दिनु उचित
समय अनुसार काम गर्ने हो
कपडा बुन्न तान दिनु उचित
मगन्तेलाई खान दिनु उचित।


छाेरी बिदाई गर्दा काेसेलि सामान दिनु राम्राे
समधिलाइ भेटि आदर समान दिनु राम्राे
ठाउँ अनुसार काम गर्न सिके सभ्य हाेइन्छ ।
लुच्चाले रिन मागे नभएकाे भान दिनु राम्राे
फुकेकाे आफ्नाे वस्तु फेला परे बान दिनु राम्राे ।

-मधुसूदन प्रसाद घिमिरे काठमाडौं

पञ्चाङ्ग ७

अशक्त र असायलाई दान दिन सकुँ
मान्यजनलाई सधै सम्मान दिन सकुँ
सहयोगी हात अघि बढीरहनेछ नै
संसारमा नेपाली भइ शान दिन सकुँ
अशिक्षितहरूलाई म ज्ञान दिन सकुँ

-दुर्गा भट्टराई, मोरङ


सम्बन्धित शीर्षकहरु

रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट पीडितलाई क्षतिपूर्तिलगायतको माग राख्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनका क्रममा १२ जना पक्राउ परेका…

काठमाडौं महानगरपालिकाले महिलाहरुमा हुने स्तन क्यान्सर,पाठेघरको मुखको क्यान्सर तथा प्रजनन् अवस्थाको परीक्षण सुरु गरेको छ । पाठेघरको मुखको क्यान्सर तथा…

एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेल नेपालले संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्ने भएको छ। ओमानमा जारी प्रिमियर कपमा नेपाल…

प्रतिकृयाहरू
...