Wednesday 21st January 2026

नेपालले आजदेखि मेसिन रिडेबल पासपोर्ट विस्थापित गरि इ-पासपोर्ट जारी गर्ने


तीतोपाटी – नेपालले आजदेखि मेसिन रिडेबल पासपोर्ट विस्थापित गरी इलेक्ट्रिक पासपोर्ट जारी गर्ने भएको छ । परराष्ट्रमन्त्री नारायण खड्काले बुधवार अपराह्ण राहदानी विभागको त्रिपुरेश्वरस्थित कार्यालयबाट औपचारिक रूपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम रहेको छ। हाल विभिन्न छ किसिमका मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गर्दै आएको राहदानी विभागले अब विद्युतीय (इलेक्ट्रिक) पासपोर्ट जारी गर्ने तयारी गरेको हो।

विभागका निर्देशक शरदराज आरनका अनुसार आज परीक्षणका रूपमा इ-पासपोर्ट सार्वजनिक हुनेछ। भोलि मंसिर २ गतेदेखि सीमित संख्यामा सर्वसाधारणका लागि यस्तो पासपोर्ट जारी गरिनेछ। मंसिर १५ गतेदेखि भने पूर्ण रूपमा इ–पासपोर्ट जारी गरिने उनले बताए।

अब जारी गरिने पोलिकार्बोनेटसहितको इ–पासपोर्ट हो। यसमा विद्युतीय चिप र एन्टेना जडान गरिएको हुन्छ। चिपमा औंठाछाप, तस्बिर लगायतका व्यक्तिगत विवरण राखिन्छन्। ती विवरणहरू राखेर चिप लक गरिसकेपछि कसैले फेरबदल गर्न सक्दैनन् ।

विभागले सात किसिमका इ–पासपोर्ट जारी गर्ने तयारी गरेको छ। हाल कूटनीतिक, विशेष, अस्थायी, सिम्यान्स अभिलेख किताब (सिम्यास रेकर्ड बुक), साधारणअन्तर्गत ३४ र ६६ पृष्ठको गरी ६ किसिमका जारी गर्दै आएकोमा अबदेखि सर्भिस पासपोर्ट थप गरिने भएको छ ।


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...