Friday 19th April 2024

कुवेतमा तीन सय भन्दा वढी नेपालीले लिए निशुल्क श्वास्थ्य शिबिरको सेवा


तीतोपाटी डटकम ,कुवेतसिटी-गैंर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद (एनआरएनए) कुवेत र मेट्रो अस्पातलको सहकार्यमा शुक्रबार सम्पन्न निशुल्क स्वास्थ्य शिबिरबाट ३ सयभन्दा बढी नेपालीहरुले सेवा लिएका छन।

एनआरएनए कुवेतका महासचिब दिल पाख्रिन भन्छन’कुवेतको साल्मिया स्थित मेट्रो स्पेस्लाइज्ड हस्पिटल र एनआरएनएको सहकार्यमा कुवेतमा काम गर्ने ३ सय भन्दा बढी नेपालीहरुले निशुल्क स्वास्थ्य शिबिरमा सेवा लिए।कुवेतको सिभिल आईडी र राहदानीको आधारमा निशुल्क स्वास्थ्य शिबिरको सुबिधा दिईए पनि केही अनडकुमेन्टेड(कुवेतको भिषा कानुन उल्लङ्घन गर्ने) नेपालीहरुले पनि उक्त स्वास्थ्य शिबिरको फाईदा उठाएका थिए।’

बिहान १० बजेबाट बेलिकी ५ बजे सम्म स्वास्थ्य जाँचको लागि समय तोकिएको भएता पनि सेवाग्राहीको अत्याधिक चाप बढेकाले बेलुकी १० बजे सम्म स्वास्थ्यकर्मीहरुले सुबिधा उपलब्ध गराएका थिए।पाख्रिन थप्छन’ धेरै नेपाली दाजुभाइ-दिदीबहिनीहरुले एक्सरे,अल्ट्रासाउन्ड र केहीले डक्टरको सल्लाहा बमोजिमा पिसीआर परिक्षणको समेत सुबिधा लिएका थिए।’

स्वास्थ्यकर्मीहरुको भनाइलाई उध्रित गर्दै एनआरएनए कुवेतका अध्यक्ष रानाध्वज लामा भन्छन’अधिकांश नेपालीहरुमा मधुमेह, कोल्स्टोर, रक्तचाप र पिसाब सम्बन्धी समस्याहरु देखिएको थियो।त्यस अस्पातलका स्वास्थ्यकर्मीहरुले सके सम्म धेरै सेवाग्राहीहरुलाई आवश्यकता अनुसारका परिक्षण गरी

रिपोर्ट दिने साथमा

औषधी र फलोअप जाँचमा २० प्रतिशत छुटको सुबिधा दिएका थिए।सेवाग्राहीको संख्या सोचे भन्दा अत्याधिक भए पछी आगामी नोभेम्बर १९ शुक्रबार बिहान

७ बजे देखी १२ बजे सम्मका लागि सय जनालाई निशुल्क स्वास्थ्य जाँचको टिकट दिईएको छ।’

प्रमुख अतिथीको रुपमा श्वास्थ्य शिबि

रमा पुगेका कुवेतका लागि नेपाली राजदूत दुर्गा प्रसाद भन्डारीले एनआरएनए कुवेत र मेट्रो अस्पातलको सहकार्यमा अयोजित निशुल्क स्वास्थ्य शिबिरले धेरै नेपालीहरुलाई आफ्नो स्वास्थ्य अवस्था बुझ्ने अबसर दिएको र य

सलाई निरन्तरता दिन समेत अनुरोध गरे।

यसै बिच एनआरएनए कुवेतले एक प्रेश बिज्ञप्ती निकाल्दै प्रमुख अतिथी,मेट्रो अस्पातल अनी सहयोगी सबैलाई आभार ब्यक्त गरेको छ।


सम्बन्धित शीर्षकहरु

रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट पीडितलाई क्षतिपूर्तिलगायतको माग राख्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनका क्रममा १२ जना पक्राउ परेका…

काठमाडौं महानगरपालिकाले महिलाहरुमा हुने स्तन क्यान्सर,पाठेघरको मुखको क्यान्सर तथा प्रजनन् अवस्थाको परीक्षण सुरु गरेको छ । पाठेघरको मुखको क्यान्सर तथा…

एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेल नेपालले संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्ने भएको छ। ओमानमा जारी प्रिमियर कपमा नेपाल…

प्रतिकृयाहरू
...