Friday 16th January 2026

कुवेतमा ४ नेपालीहरुको मृत्यु,२ जनाको पूर्ण विवरण आउन बाँकी


तीतोपाटी डटकम – कुवेतमा पछील्लो समयमा नेपाली कामदारहरुको मृत्यु संख्या बढ्दै गएको छ। विषेश गरी अनडकुमेन्टेड (भिषा नियम उल्लङ्घन गरेका/अबैधानिक) हरुको मृत्युको संख्या बढ्दै गएको र उनीहरुको पार्थिव शरीरलाई नेपाल पठाउन समेत समस्या परेको नेपाली राजदूतवासले बताएको छ।

नेपाली राजदूतावास कुवेतकी द्वित्तिय सचिव जानकी ओझाका अनुसार अक्टोबर १७ तारिक फर्वानिया अस्पातलमा मृत्यु भएकी अठराइ तेर्हथुमकी २६ बर्षिया सन्चिता बस्नेतको शब बुधवार नेपाल फर्काइदै छ । बस्नेत कुनै डकुमेन्ट साथमा नभएको अवस्थामा अस्पातल भर्ना भएकी थिइन।

यता ईलामका प्रदिप फागुको अक्टोबर २५ सोमबार आदान अस्पातलमा मृत्यु भएको छ । फागु पनि आफ्नो कम्पनीबाट भागेर काम गर्दै आएको र कम्पनीले उनी बिरुद्द भागी मुद्दा(रन वे) दर्ता गरेकाले शब फर्काउने सम्बन्धमा कम्पनीले कुनै सहयोग नगर्ने बताएको छ।

यसै गरी यो हप्ता २ जना नेपाली अनडकुमेन्टेड महिला कामदारको मृत्यु भएको जानकारी आएको र उनीहरुको फिङ्गर प्रिन्ट रिपोर्ट आए पछि मात्र पूर्ण परिचय सहितको जानकारी आउने द्वित्तिय सचिव ओझाले बताइन ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...