Saturday 12th July 2025

टिकटकमा अब ५ मिनेट लामो भिडियो


तीतोपाटी – अहिलेका युवा पिढीबिच निकै लोकप्रियता कमाएको टिकटकले प्रयोगकर्ताको सुविधालाइ मध्यनजर गर्दै टिकटकमा अपलोड गरिने भिडियोको समयवधि बढाएर ५ मिनेट पुर्याएको छ  । यसअघि ३ मिनेटको भिडियो हाल्न मिल्ने टिकटकले अब ५ मिनेट लामो भिडियो हाल्न मिल्ने बनाएको हो ।

पछिल्लो समय संसारभरका युवा युवतीहरुमा टिकटकको क्रेज बढ्दो छ । यो नयाँ फिचरले प्रयोगगर्ताहरुलाई अझ फइदा मिल्ने देखिएको छ । त्यस्तै टिकटकमा अपलोड गरिने भिडियो साइज भने २ जिबी भन्दा कम हुनुपर्नेछ ।

टिकटकले पछिल्लो समय सेवाग्राही केन्द्रित रहेर विभिन्न सुविधाहरू जोड्दै गएपछि प्रयोगकर्ताहरूले अन्य सोसल मिडिया प्लेटफर्म भन्दा टिकटकमा बढि समय दिइरहेका छन् भने यसले अन्य सोसल मिडियामाथि प्रयोगकर्ताहरूलाइ नयाँ सेवा दिनका लागि दवाव सिर्जना भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-निलम्बित प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर् अभियान शुरु भएको छ । चर्चित  भुटानी…

तितोपाटी-काठमाडौं महानगरपालिकाको बजेट असार २९ गते दिउँसो २ बजे सार्वजनिक हुने भएको छ। शुक्रबार बैठकमा  मेयर बालेन शाहले शुरु गर्दै…

तितोपाटी- हालै मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले…

प्रतिकृयाहरू
...