Thursday 8th October 2026

टिकटकमा अब ५ मिनेट लामो भिडियो


तीतोपाटी – अहिलेका युवा पिढीबिच निकै लोकप्रियता कमाएको टिकटकले प्रयोगकर्ताको सुविधालाइ मध्यनजर गर्दै टिकटकमा अपलोड गरिने भिडियोको समयवधि बढाएर ५ मिनेट पुर्याएको छ  । यसअघि ३ मिनेटको भिडियो हाल्न मिल्ने टिकटकले अब ५ मिनेट लामो भिडियो हाल्न मिल्ने बनाएको हो ।

पछिल्लो समय संसारभरका युवा युवतीहरुमा टिकटकको क्रेज बढ्दो छ । यो नयाँ फिचरले प्रयोगगर्ताहरुलाई अझ फइदा मिल्ने देखिएको छ । त्यस्तै टिकटकमा अपलोड गरिने भिडियो साइज भने २ जिबी भन्दा कम हुनुपर्नेछ ।

टिकटकले पछिल्लो समय सेवाग्राही केन्द्रित रहेर विभिन्न सुविधाहरू जोड्दै गएपछि प्रयोगकर्ताहरूले अन्य सोसल मिडिया प्लेटफर्म भन्दा टिकटकमा बढि समय दिइरहेका छन् भने यसले अन्य सोसल मिडियामाथि प्रयोगकर्ताहरूलाइ नयाँ सेवा दिनका लागि दवाव सिर्जना भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

यमनमा पछिल्ला केही सातादेखि द्वन्द्व तीव्र बनेपछि दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार…

हमासको ७ अक्टोबर २०२३ को आक्रमणपछि इजरायलले गाजामा सुरु गरेको सैन्य अभियानको तीन वर्ष पूरा हुँदा गाजा पट्टी गम्भीर मानवीय…

प्रतिकृयाहरू
...