Sunday 6th July 2025

रूपा गौतमका तिहार विशेष मनमोहक जुनेलीहरू


(१)
दशै त
गयो
ठिकै नै
भयो
(२)
तिहार
आयो
खुशीले
छायो
(३)
तिहार
राम्रो
भाइ छ
हाम्रो
(४)
गाउला
गीत
नाचौंला
नित
(५)
देउसी
भैलो
फालेर
मैलो
(६)
तताई
तेल
पकाई
सेल
(७)
मिठाइँ
मेवा
सबैका
पेवा
(८)
बालेर
दियो
आशिष
लियो
(९)
देउसी
खेल्दै
हिडिन्छ
पेल्दै
(१०)
पुरानो
रीति
बस्याछ
थिती
(११)
आैंसीको
रात
भेलिको
साथ
(१२)
लगाई
माला
के होला
चाला
(१३)
मिष्ठान
खाइ
दाजु र
भाइ
(१४)
भाइको
माथ
दिदीको
हात
(१५)
निधार
भरी
थरी न
थरी
(१६)
आशिष
दिदै
दान जो
लिदै
(१७)
अपार
माया
दायाँ र
बायाँ
(१८)
कटुस
टोक्दै
चिसोले
खोक्दै
(१९)
ओखर
काजु
भाइ र
दाजु
(२०)
पिङ त्यो
खेल्दै
ठेल्दै र
पेल्दै
(२१)
आैंसीको
रात
सबैको
साथ
(२२)
देउसी
भैली
थापेर
थैली
(२३)
खुजुरा
पैसा
होस्टे र
हैंसा
(२४)
खुशीले
झुम्नु
मायाले
चुम्नु

-रूपा गौतम, निजगढ, बारा


सम्बन्धित शीर्षकहरु

वर्षौंदेखि उत्तरपश्चिमी साउदी अरबको मरुभूमि प्रायः बालुवाको खाली भाग हो भन्ने सोचाइ थियो जुन कहिलेकाहीं घुमन्ते गोठालाहरूले भ्रमण गर्थे तर…

हमास आतंकवादी समूहले युद्धविराम प्रस्तावमा सहमति जनाएको केही घण्टापछि, इजरायल रक्षा बल (IDF) ले शनिबार (जुलाई ५) रिपोर्ट गरेको छ…

एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको…

प्रतिकृयाहरू
...