Tuesday 8th July 2025

मोतिपुर औद्योगिक क्षेत्रमा कर्फ्यु कायमै, मृतक एकजनाको सनाखत हुन बाँकी


तितोपाटी- रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर–१७ र १८ मा कर्फ्यु आदेश कायमै छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले गएको आइतबार अपराह्न ४ बजेदेखि निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रमा अर्को सूचना नभएसम्मका लागि कर्फ्यु जारी गरेको हो ।
आइतबार मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा टहरा बनाएर बसेका सुकुम्बासीलाई हटाउने क्रममा प्रहरी र सुकुम्बासीबीच दोहोरो झडप भएको थियो । उक्त झडपमा परी चारजनाको मृत्यु भएको थियो । प्रहरी र सुकुम्बासी गरी करिब ५० जना घाइते भएका थिए ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाका अनुसार अहिले औद्योगिक क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासीहरूलाई हटाइसकिएको छ । ‘‘औद्योगिक क्षेत्रमा बसोबास गर्ने केही नागरिक स्थानीय नै हुन् । उनीहरू औद्योगिक क्षेत्रमै बस्छन् । अन्य विभिन्न जिल्लाबाट आएका सुकुम्बासीहरूले यहाँको जग्गा अतिक्रमण गरेर बसेका थिए । उनीहरूलाई हटाइएको हो । यहाँ जग्गा पाइन्छ भनेर लामो समयदेखि सुकुम्बासीले औद्योगिक क्षेत्रमा टहरा बनाएर बसेका थिए ।”
सूचना अधिकारी थापाका अनुसार अहिले मोतिपुरको अवस्था सामान्य छ । ‘‘अहिलेसम्म झडपमा मृत्यु भएका तीनजनाको सनाखत भएको छ । नवलपुर, कपिलवस्तु, रुपन्देहीका गरी तीनजनाको सनाखत भएको छ । अब एकजनाको सनाखत हुन बाँकी छ । सुरक्षाकर्मीहरू औद्योगिक क्षेत्रको सुरक्षार्थ खटिरहेका छन् । औद्योगिक क्षेत्रमा करिब ९०० बिघा जमिन पर्छ,” उनले भने ।-बाह्रखरीबाट


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखाकुवेत द्वारा आयोजित शहिद लखन थापा मगर रनिङ् शिल्ड गोल्ड कप अन्तर-नेपाली भलिवल टुर्नामेण्टको पाँचौं संस्करण आगामी…

तीतोपाटी - कुवेत स्थित तनहुँ सेवा समाज कुवेतले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर आगामी २ जनवरी २०२६ शुक्रबारका…

वर्षौंदेखि उत्तरपश्चिमी साउदी अरबको मरुभूमि प्रायः बालुवाको खाली भाग हो भन्ने सोचाइ थियो जुन कहिलेकाहीं घुमन्ते गोठालाहरूले भ्रमण गर्थे तर…

प्रतिकृयाहरू
...