Saturday 3rd October 2026

केप भर्डेमा बस दुर्घटना, २५ जनाको मृत्यु; दुई दिन राष्ट्रिय शोक घोषणा


अफ्रिकी देश केप भर्डेको फोगो टापुमा यात्रुवाहक बस सडकबाट करिब १०० फिट तल खसेपछि भएको दुर्घटनामा कम्तीमा २५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये अधिकांश किशोरकिशोरी रहेको जनाइएको छ।

घटनामा केही यात्रु घाइते भएका छन् भने उद्धार कार्य कठिन भौगोलिक अवस्थाका कारण प्रभावित भएको छ। दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन र अनुसन्धान जारी छ।

दुर्घटनापछि सरकारले दुई दिनको राष्ट्रिय शोक घोषणा गरेको छ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...