Thursday 22nd January 2026

एनआरएनएको १० औं विश्व सम्मेलन र निर्वाचन स्थगित


तीतोपाटी डटकम-गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित गरिएको छ ।

संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतवार सम्पन्न बैठकले आगामी ६ महिना भित्र निर्वाचन गर्ने गरि सो सम्मेलन स्थगित गरेको हो ।

क्षेत्रीका अनुसार महाधिवेशन तथा विश्व सम्मेलनमा प्रतिनिधि विवादबारे परराष्ट्र मन्त्रालयको पत्रमा अस्पष्टता देखिए पछि निर्वाचनका सबै प्रकृया रोकिएका हुन् ।

भर्चुयल माध्यमबाट अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले मन्त्रालयबाट प्राप्त पत्रमाथि आवश्यक कानुनी परामर्श गर्ने समेत निर्णय गरेको छ ।

संघको महाधिवेशन अक्टुबर २३ देखि २५ मा हुने तय भएको थियो । तर गैरआवासीय नेपाली संघको अध्यक्ष प्रत्यासी कुल आचार्य समूहले परराष्ट्र मन्त्रालयमा प्रतिनिधि छनोटमा विवाद गर्दै उजुरी गरे पछि मन्त्रालयले अधिवेशन रोक्न पत्राचार गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...