Wednesday 15th April 2026

चार नारी स्रष्टाका उदकहरू



घर
तिम्रो मेरो
विश्वासको एउटै भर !

माया
आउने जाने
उकाली चौतारीको छायाँ !

जीवन
प्राकृतिक देन
भावनाको मीठो जालो !

✍️ सविता के.सी., काठमाडौँ ।


तृष्णा
मेट्ने धोको
मिथ्या जीवनको वितृष्णा !

देशमा
बढ्दो कुसंस्कार
भष्टाचार दुराचार व्यभिचार !

मनोभावना
बुझेपछिको काम
सन्तुलन मिलाउने दाम !

✍️ इन्दिरा ज्ञवाली, तानसेन, पाल्पा ।


ओजोन
पातलिँदो अवस्था
प्रदुषणयुक्त जन जीवन !

दोहन
प्रकृति प्रचुर
क्षणिक मानव जीवन !

तृष्णा
तन बुढो
लोलुपता सदाबहार पठ्ठो !

✍️ कमला देवकोटा, पाल्पा ।


मन
साउने भेल
कहिले विनाशकारी बनिदिने !

बसन्त
फूलहरूको मौसम
मन झुल्छ हरदम !

शरद
स्वच्छ मौसम
दशैँ तिहारको रमझम !

✍️ सरस्वती श्रेष्ठ, रुपन्देही ।


सम्बन्धित शीर्षकहरु

उत्तर कोरियाले आफ्नो आणविक हतियार उत्पादन क्षमतामा तीव्र वृद्धि गरिरहेको भन्दै अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) ले गम्भीर चिन्ता व्यक्त…

सभामुख डोलप्रसाद (डीपी) अर्यालको सरकारी गाडीलाई सिंहदरबार पुग्ने क्रममा ट्राफिक प्रहरीले चिट काटेको घटना अहिले निकै चर्चामा आएको छ। प्रारम्भिक…

कुवेतले आफू कुनै पनि क्षेत्रीय वा अन्तर्राष्ट्रिय द्वन्द्वको पक्षमा नरहेको र आफ्नो भूमि कुनै पनि देशमाथि आक्रमण गर्न प्रयोग हुन…

प्रतिकृयाहरू
...