Saturday 10th October 2026

ओमानसँग खेल्दै नेपाल


तितोपाटी- त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले आज (आइतबार) ओमानसँग प्रतिस्पर्धा गर्दै छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिजमा नेपालले ओमानसँग खेल्न लागेको हो ।

अल अमिरात क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेल अपराह्न ४ः१५ बजे सुरु हुनेछ । घरेलु टोलीको सामना गर्दा नेपाल सहज जित निकाल्ने योजनामा हुनेछ ।

सिरिजअन्तर्गत नेपालले तीन खेल खेलको छ । जसमा एक खेलमा जित निकालेको छ भने दुई खेलमा पराजित भयो । नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा ओमानसँग ५ विकेटले पराजित भएको नेपाल तेस्रो खेलमा अमेरिकासँग ६ विकेटले पराजित भएको थियो । अंक तालिकाको पुछारबाट तेस्रो स्थानमा रहेको नेपाललाई स्पष्ट जितको विकल्प छैन । नेपालको तीनवटै खेलमा ब्याटिङ नचल्दा समस्या भएको थियो । यता, नेपालको प्रशिक्षकका रूपमा वाटमोरको ओमान भ्रमण अन्तिम हुनेछ । र, ओमानविरुद्धको खेल अन्तिम खेल हुनेछ । त्यसैले खेलाडीहरू ओमान भ्रमणको अन्तिम खेलमा सुखद नतिजा निकाल्दै प्रशिक्षकको सुखद बिदाइ गर्न चाहन्छन् ।
“जित्न त जित्नैपर्छ जसरी पनि । ओमानमा हामी जित्नकै लागि आएका थियौँ । अंक तालिकाको शीर्ष टिमहरूविरुद्ध जित्न सक्यौँ भने यस प्रतियोगितामा पछिलाई पनि सजिलो हुन्थ्यो भन्ने थियो,” नेपालका कप्तान ज्ञानेन्द्र मल्लले भने, ‘‘हाम्रो प्रशिक्षकको पनि सम्भवतः त्यो अन्तिम खेल हुनेछ । हामी जितेर उहाँलाई राम्रो फेयरवेल दिने विचारमा छौँ ।”
ओमान नेपालभन्दा बलियो टोली हो । ओमान लिग–२ को शीर्ष स्थानमा रहेको टिम समेत हो । ओमानले १२ खेलबाट २० अंक जोडेको छ । ओमान आजको खेलमा जित निकाल्दै तालिकामा आफूलाई बलियो बनाउने योजनामा हुनेछ । नेपाल भने सात खेलबाट ६ अंकसहित छैटौँ स्थानमा छ ।
विश्वकप छनोटको एक रूपमा रहेको डिभिजन–२ टोलीले नौ सिरिजसहित कुल ३६ खेल खेल्नेछन् । लिग–२ को शीर्ष तीन राष्ट्रले २०२३ को जुलाईमा जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछन् ।


सम्बन्धित शीर्षकहरु

विपद्मा बेपत्ता भएकालाई सरकारले मृत्यु घोषणा गर्न सक्ने, राष्ट्रपतिबाट अध्यादेश जारी राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद् सम्बन्धी केही नेपाल ऐन संशोधन…

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

प्रतिकृयाहरू
...