Friday 29th March 2024

नेपाली मौलिक र लोक खाना नै स्वस्थकर


आर.बी. बुढाथोकी-तीतोपाटी डटकम-नेपालीहरुले परापुर्वक कालदेखि खाँदै आएको आफ्नै लोक खानालाई विस्तरै छोड्दै गएको अवस्थामा पछिल्लो समय आएर पुन नेपाली खाना लोकप्रिय हुन थालेको छ । हाम्रो मौलिक र स्थानिय रैथाने खानालाई विस्थापित गर्दै विदेशी खानाको आक्रमणले गर्दा विस्तारै नेपाली खाना पछाडि पर्दै गएको अवस्थामा नेपाली खानालाई जोगाउनु पर्छ भन्ने केहीलाई लाग्न थालेको छ ।

त्यसकारण हामी हाम्रा मौलिक खाना छुटाएर कसरी भयौँ हामी सभ्य ? हाम्रा पुर्खेयौंली खाना नै सबै भन्दा स्वाथ्यकर र सस्तो पर्ने हुनाले सबैले बुझ्न थालेका छन । आदिम कालदेखि खाँदै आएको स्थानीय र मौलिक खाना आफ्नै कृषि पैदावारमा आधारित छन् र लोकप्रिय पनि उत्तिकै छ । धेरै बर्षको अनुभव हेर्दा चाहे जतिसुकै धनी वा गरिब होस् धेरैजसो देसका जनताले आफ्नै देशमा उत्पादित बस्तुबाट बनेका आफ्ना मौलिक खाना नै खान्छन् ।

नेपाली मौलिक खानालाई मनपराउँछन्, गौरव गर्छन् र सरकारले पनि यस्ता खाद्यबस्तुको स्वदेशमा नै उत्पादन गर्न उत्प्रेरणा दिन्छ । हाम्रो देशमा चामलको भातलाई धनीको खाना र कोदो,फापर,मकै गरीबको खाना भनी छुट्याइएको देखिन्छ तर यो सरासर गलत साबित भएको छ । धनीले चामलको भातलाई भुजामा परिणत गरे भने गरीबको खाना गुन्द्रुक ढिडो जही को तही छ । यही नै हाम्रो नियति छ र लोक खानाहरु लोप हुने स्थितिमा पुगेका छन ।

हाम्रा लोक परिकारहरू हाम्रो पहिचान हुन जसले संसारभर चिनाएको हुन्छ । नेपाल आउने विश्वका पर्यटकहरुले नेपाली स्वाद चाख्ने जम्र्को गरेका हुन्छन तसर्थ हामीले हाम्रो देशके खानालाई छोटोभन्दा छिटो परिस्कृत गरी व्यबस्थित तबरमा विकास गर्नु जरुरी भईसकेको छ । जसको घरमा आफ्नो जातिय र परम्परागत खाना पकाउछन उसका सन्ततीले पनि त्यसलाई स्विकार्दै लान्छन र नेपाली मौलिक खानाको शिक्षाको रहर लाग्दो विकास घरबाट नै शुरु हुन्छ ।

आफ्ना भावी सन्ततीलाई आफ्नो देशको लोक खाना खान र बनाउन सिकाएमा हामीले हाम्रो पाकवनलाई चिनाउन धेरै प्रयत्न नै गर्नु पर्दैन । लोक परिकारहरू पकाएर खान– खुवाउन सक्नु संसार कै महत्वपूर्ण सामाजिक–सांस्कृतिक कला र सीप हो । संस्कृतिको स्वादले हाम्रा सामाजिक र आर्थिक सम्बन्धलाई सरस र सहज बनाउन सक्छ। जुन कुरा हिन्दी फिल्म चिनी कममा पनि देखाउन खोजिएको छ ।

के के पर्छन त हाम्रा लोक खाना ?

विरगञ्जको करेलाको भर्ता ,नेपालगन्जको दुधबरी ,काठमान्डौको नेवारी खाजा सेट ,मुस्ताङको थकाली खाना, चौरीको छुर्पी,याकको सुकुटी ,पोखराको अनदीको लट्टे ,पहाडीको दुधरोटी,पानी रोटी,दाल रोटी ,गुरुङ जातीको खिउनी ,लिम्बु रहेका छन । त्यस्तै राई जातिको याङबिन,सारग्याङ ,पहाडीको मासको फुरौला ,नेवारको गोलामरी,सन्या फुन्या,तखा , किराँतहरुको विशेष खाना वाचिपा ,गुल्मेलीको तारुवा माछा ,पाल्पालीको बटुक,चुकाउनी ,गुल्मेलीको रिडी ,मुगूको तितेफापरको ढोसो,मुर्मा,बैतडीको बेथे पलेउ, चट्नी, दूध–केरा छन् ।

त्यस्तै रोटी,नेपालगन्जको ढिक्रि खाजा सेट,लस्सी ,सेकुवा ,नेवारको मासको बारा,चटामरी,छोइला,लाख मरी,योमरी,चितवनको तास, थरु जातिको खाना परेवाको सिकार,गेङ्टा्कखोर र केखडा अचार,बन्गुर या बदेलको पकुवा,घुङगी,भक्का,चिचार,बागिया,धिक्री पर्दछन ।

तराइको लोक खाना रौतहटको कटिया पनि अहिले निकै लोकप्रिय छ । बारा जिल्लाको मोतिहारस्थित बाजेको पेडा पनि देशभर प्रख्यात मानिन्छ।भक्तपुरको जु जु धौ पनि नेपालको एक मात्र पहिचान मानिन्छ। झानेको साग हुन । गुन्द्रुक भटमासको झोल, सिन्कीको अचार, मसेउराको तरकारी,थेबेको साग,आलु तामा,कोइरालाको अचार,कर्कलोको अचार,चाम्रे भात ,खिचडी,मासको दाल जिम्बु झानेको पदर्छन् ।

सेकुवा, आलु सदेको, खसिको फोक्सो फरेको,निउरोको तरकारी,खसिको निल कबाब ,अमलाको अचार, आपको अचार, काँक्रोको अचार, आपको थेबे ,तिते करेला भुटेको,लप्सीको अचार, पाउ,गूदपाक, लोकल कुखुराको मासु,कोदोको डिडो, हिमाली नुन चिया,आलुको डिडो, आलुको रोटी, भुङग्रे रोटी हुने भने नैबेद,सेलरोटी,पन्चाअमृत,अपुङगो,भोगटे सादेको,चामलको बाबर,मकैको पुवा, पोलेको मकै छन् ।

त्यस्तै हरियो खुर्सानीको अचार, क्वटी सुप,खसिको खुट्टी सुप हाम्रा प्रसिद्ध लोक खानाहरु हुन जुन हामिले सतियौ देखी खाँदै आएका छौ र जुन स्वाथ्याका हिसाबले पनि निकै राम्रो र उत्तम मानिएको छ।
अन्तरास्ट्रिय मापदण्डमा राखिएका हाम्रा लोक तथा रैथाने परिकारहरु सुप ः क्वाँटी, सिस्नोको झोल, फाँडो, ज्वानोको झोल, पंचका (आलुतामा बोडीको झोल), खाजा ः चुक, सखरखण्ड, ताजा सागपातको सलाद, चुकौनी, टिमुरे आलु, फूलौरा, मुख्य खाना ः सेकुवा, तरुवा, पकुवा, छोयला, साँधेको, उसिनेको, मम, चटामरी, ढुंग्रे रोटी, बारा, जोगिभात, दालभात, हिमाली ढिँडो, डेजर्ट ः योमरी, सिकर्नी, दहीफल, खिर, ठेकुवा रहेका छन् ।

अब तारे होटलमा पनि अनिबार्य नेपाली मौलिक र लोक खाना

तपाईंलाई लाग्ला पाँच तारे या चार तारे होटलहरुमा विदेशी खाना मात्र पाक्छ तर बास्तबिकतामा त्यसो हुँदैन । यी ठूला अलिसान होटलहरुमा पनि नेपाली खाना र पिय पदार्थ पस्कने गरिन्छ विदेशी र नेपालीलाई र उनीहरुको पहिलो रोजाइ पनि यही हुन्छ । विदेशी नियोगका विशिष्ट पाहुना आउँदा पनि तारे होटलमा प्राय नेपाली मेनु नै सेट गरिएको हुन्छ र उनीहरुले नेपाली स्वादलाई निकै मन पराएको पाईन्छ ।

तर, कुनै कुनै होटलहरुले विदेशी पहुनालाई विदेशी खाना नै खुवाने गरेकाले सरकारले अब नेपाली खानालाई प्राथमिकता दिन निर्देशन दिएको छ । सरकारले चार तारे र पाँचतारे होटेलमा अनिवार्य रुपमा नेपाली परिकारको मेनु अनिवार्य राख्नुपर्ने मापदण्ड तोक्दैछ । होटलमा नेपाली खानाको मेनु हुनुपर्ने निवार्य मापदण्ड अनुसार नेपाली खानाको परिकारको प्रचार गर्ने उद्देश्यले पनि सरकारले लिएको यो पहललाई होटल व्यवसायीहरुले सकारात्मक मानेका छन् । सरकारको मापदण्ड अनुसार परिकारको अनिवार्यता र बुकलेट प्रकाशन गरी त्यसमा खानालाई समावेश गर्ने छ । रैथाने खाना छनोट गरी त्यसलाई विदेशस्थित नेपाली रेष्टुरेन्ट र नेपालका ठूला होटेलबाट प्रवद्र्धन गर्ने गरी एक वर्ष अगाडि नै अभियान चलाइएको थियो । तर, ठूला होटेलले चासो नदिएपछि मापदण्ड नै तोकेर अनिवार्य गर्न लागिएको हो ।
स्वाथ्यका हिसाबले कति फाईदा जनक छ त नेपाली लोक खाना ?

भारतीय खाना धेरै मसलादार र तेल युक्त हुने,चाइनिज खाना कुनै मलिनो र कुनै बेस्वादे लाग्ने,युरोपियन खानाहरु स्वास्थ्य बर्दक भएता पनि ज्यादै नै सादा हुने हुँदा नेपालीहरुले रोजेको माटो सुहाउदो खाना आफ्नै मौलिक खानालाई रोजेका छन । यो स्वास्थ्य बर्दक पनि साबित भएको छ । अहिले प्राय सबै जसो होटल तथा रेटुरेन्टमा नेपाली खानाको मेनु पाउन सक्नु हुन्छ र विदेशी तथा स्वदेशी ग्रहकहरुको नजरमा अहिले सबै भन्दा उत्तम खाना नेपाली हुन थालेको छ । दैनिक पाकशिक्षाका विद्यार्थी पनि बढ्दै गएका छन । अहिले होटल मेनेजमेन्ट पढाउने कलेज र इन्स्टिच्युट पनि बढेका छन ।

नेपाली लोक खाना अन्य खानाको तुलनामा अत्यन्त स्वास्थ्य बर्दक मानिन्छ किन कि नेपाली खाना ताजा र अर्गानिक हुने गर्दछ । हाम्रो परम्परागत खाना जैबिक मल प्रयोग गरेर उत्पादन गर्ने हुँदा कुनै हानी नोक्सानी हुन दिन्न । ग्रामीण भेगमा अधिकाम्स नेपालीहरुले अहिले पनि ढिडो र मकैको च्याख्ला खाने हुँदा यो जतिको पोसिलो र लाभ दाँयक खाना अन्य हुँदैन्न ।

मकैको ढिडो र च्यख्लामा प्रस्शत मात्रामा कार्बोहाइडेड, प्रोटिन, चिल्लो पदर्थ,फाइबर,भिटामिन सि,म्याग्नेसियम,पोटासियम पाईन्छ। जुन तत्वहरुले हाम्रो शरीरलाई पर्याप्त मात्रमा सन्तुलित गर्न मद्दत पुर्याएको हुन्छ । कोदोको ढिडो र रोटीमा पनि हामीले पर्याप्त मात्रामा कार्बोहाइडेड,आइरन, फाइबर,पोटासियम,म्याग्नेसियम प्राप्त हुन्छ जुन हाम्रो शरीरमा रक्तचाप हुनबाट बचाउँछ ।

त्यस्तै सुत्केरी महिलाका लागि पर्याप्त मात्रामा ब्रेस्ट फिडिङ हुन्छ । नेपाली लोक खानामा रायोको साग पनि अनिवार्य राखिन्छ जुन यती स्वास्थ्य बर्दक छ कि संसार कै अती स्वास्थ्य बर्दक सब्जीमा रायोको साग राखिएको छ । रायोको साग फाइबरमा धनी हरियो सब्जीमा पर्छ त्यस्तै कोल्स्टोर सन्तुलन गर्न पनि पर्याप्त मद्त पुर्याउछ ।

नेपालीहरुले नियमित रुपमा खाने लोक खानामा दाल पनि एक प्रमुख पर्दछ जुन स्वास्थ्यका लागि अती नै उपयोगी मानिन्छ। दालमा प्रस्सत मात्रामा कार्बोहाइडेट,प्रोटिन,फाइबर,चिल्लो पदार्थ, भिटामिन्स, आइरन, जिन्क, कपर, म्याग्नेसियम पाईन्छ जसले हाम्रो शरीरलाई बिभिन्न तबरबाट फाईदा पुर्याएको हुन्छ ।

। सिस्नोको झोल पनि हाम्रो मौलिक र परम्परागत खानामा पर्छ जुन स्वास्थ्यका लागि निकै उपयोगी साबित भएको छ । जुन किड्नी र पित्ताशय निकै स्वास्थ्य बर्दक मानिएको छ। सिस्नोमा प्रसस्त मात्रामा फाइबर,प्रोटिन,क्याल्सियमका साथै भिटामिन सि पाईन्छ । निउरो पनि नेपालीहरुको एक प्रमुख लोक खाना मानिन्छ जसमा पर्याप्त मात्रामा पौष्टिक तत्व पाईन्छ ।


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...