Friday 16th October 2026

अविरल वर्षाका कारण पटक पटक डुबानमा सर्लाही औरहीका प्रहरी चौकी


किसन साह, सर्लाही – अविरल वर्षाका कारण सर्लाही चक्रघट्टा गाउँपालिका ८ औरहीका प्रहरी चौकी पटक पटक डुबानमा परेको छ।पानीको निकास नहुँदा चौकीमा पानी जमेको प्रहरीले जानकारी दिएका छन्।

चौकीको चारैतिर अग्ला घरहरू बन्दा चौकी होचो स्थानमा परेको हो। जसले गर्दा वर्षाको पानी निकास हुन नपाएको र चौकी होचो भइदिँदा बजारभरिको पानी यहाँ आएर जम्ने गरेको त्यहाँका प्रहरी इन्चार्ज धिरेन्द्र झा बताएका छन्।उक्त स्थानलाई अग्लो पार्न नसकिँदा पनि चौकीबाट पानी निकास हुन नसकेको हो ।

भवन पुरानो संगै जलमग्न भएकाले यहा सर्प र किराको जोखिम बढेका कारण अहिले उनीहरु नेपाली काग्रेसका प्रत्यासी चक्रघट्टा गा. पा. प्रमुख राम जी प्रसाद साहको निजि घरमा बस बस्न बध्य भएका चौकी इन्चार्ज झा ले बताएका हुन । झा का आनुसार थोरै वर्षा भए पनि यहाँ चौकी भरी पानी पस्दछ । हामी ले पटक पटक पम्पसेट लगाएर पानीको निकस गर्नु पर्छ, चौकीमा हाल प्रहरी र स्थानीयको सहयोगमा पम्पसेट लगाएर पानी निकास गर्ने काम भैरहेको छ।


सम्बन्धित शीर्षकहरु

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सुरु, पहिलो चरणमा १५० किलोमिटर सडकको अध्ययन गरिने 8 काठमाडौं — नेपालको हिमाली क्षेत्रलाई…

यमनको दक्षिणी सहर अदेनस्थित राष्ट्रपति भवनमा हुथी समूहले मिसाइल आक्रमण गर्दा दुई सुरक्षाकर्मीको मृत्यु भएको छ भने धेरै जना घाइते…

प्रतिकृयाहरू
...