Wednesday 1st May 2024

साउने संस्कार


पुष्कर अथक रेग्मी – सामान्य रूपमा साउन महिनाको पहिलो दिनलाई साउने संक्रान्ति भनिन्छ । ज्योतिष शास्त्र अनुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई ‘कर्कट संक्रान्ति’ पनि भनिन्छ । साउने सक्रान्ति देखि कर्कट नामक चौथो राशीमा सूर्यको प्रवेश भई सूर्यको गति दक्षिणतिर ढल्किंदै जान्छ । साउने संक्रान्तिको दिन विशेषतः बिहानै उठी नुवाई धुवाई गरिन्छ । संभव हुँदासम्म मानिसहरुले नजिकै तिर्थस्थल, घाट धामहरुमा गई नुहाई धुवाइ गरिसकेपछि देवदेवीहरुको दर्शन, पुजन र भजन गर्दछन् । यो दिन मानिसहरुले आफन्तहरु जम्मा भई रमाइलो मनाउँछन् । साउने सक्रान्ति पछि नेपालीहरूका हरेक चाडपर्वहरू शुरू हुन्छन् । ती चाडपर्वहरू मध्ये साउन महिनामा पर्ने साउने संक्रान्ति, गठांमुगल, गुँलाधर्म र नागपञ्चमी विशेष महत्वका रहेका छन् ।

यस दिन सत्यनारायणको पुजा गर्दा फलिफाप हुन्छ भन्ने मान्यता समेत रहदै आएको छ । साउने संक्रान्तिको दिन साझँ घर घरबाट लुतो फालिन्छ लुतो फाल्दा बलेको अगुल्टा र फलफूलहरु फ्क्याकिन्छ । शहरी क्षेत्रमा लुतो फाल्दा घर अगाडि अगुल्टा बालेर फलफूल चढाएर परमपरालाई निरन्तरता दिुईएको पाइन्छ । लुतो फाल्दा ‘कण्डारक’ नामक राक्षेसको विशेष पूजा गरिन्छ । आ–आफ्ना लोक भाकामा रसिया, झ्याउरे, दोहा, चौपाई, कविता, ठप्पा टुक्काहरुका साथै असारे भाकाका गीतहरु समेत गाउने चलन छ । साउन र भाद्र वर्षा ऋतु कालिन समय भएकोले ‘मानो खाई मुरी बचाउने’ भन्ने कथा अनुसार मानिसहरु रोपाई कार्यमा लागेका हुन्छन् । काम गर्दा मानिसहरु थकित हुन्छन् र जोस जाँगर भरी खुसीयाली र साहस ल्याउन मनोरञ्जनका लागि समेत संक्रान्तिलाई महत्व साथ मनाइन्छ । यस दिन ननुहाउने मानिस सात जुनी सम्म रोगी र निर्धन हुनेछ भनी अग्निपुराणमा वर्णन गरिनुका साथै शुक्लपक्षको सप्तमीका दिनमा संक्रान्ति पर्यो भने बढी फलदायी हुन्छ भनेर समेत लेखिएको छ । संक्रान्तिको दिन लूतो फालिसकेपछि चारदिनसम्म गोठ, जँगल, यताउति जानु हुँदैन भन्ने मान्यता अधावधि छ । रोगका किटाणुहरु सरेर आउने संभाभित क्षेत्रमा जानु हुदैन भन्ने सन्देश साउने सक्रान्तिको लूतो फाल्ने प्रथाले दिन्छ । वर्तमान समयमापनि मनिसहरु कोरोनाको महामारिबाट बच्न घरभित्र बस्ने र सामाजिक रुपमा भौतिक दूरि कायम गर्दै आईएको छ ।

गांठामुगललाई गांठेमंगल अर्थात घण्टाकर्ण पनि भनिन्छ । हामीहरुले प्राचिनकाल देखि नै श्रावण कृष्ण चर्तृदशीका दिन यो चाड मनाउदैँ आएका छौं । धार्मिक मान्यता अनुसार कानमा ठूलो ठूला घण्टा झुन्डाएर हिड्ने घण्टाकर्ण राक्षस थियो । जसले बाटोमा हिड्ने मानिसलाई मारेर खान्थ्यो । एक जना तान्त्रिकले घण्टा कर्णलाई हिलोमा गाडेको र मानिसहरु आई ढुङ्गा हानेर मारेको सम्झनामा घण्टाकर्ण पर्व मनाइन्छ । विशेष गरी पाती, छवाली, नर्कट आदिबाट घण्टाकर्ण बनाइन्छ र दिनभर चौवाटोमा राखेर मानिसहरुलाई छेकेर ग्रह फालेको स्वरुपमा दान उठाइन्छ ।

साझ घण्टाकर्णलाई लात्तीले हानी ढलााई हिलोमा लतारी खोल्सा पोखरीमा फालिन्छ । यसो गर्दा दृष्ट आत्माहरु सबै खत्तम हुन्छ भन्ने जनविस्वास रहेको छ । अचेल समाजमा पनि थुप्रै घण्टाकर्णहरु छनु । उनीहरुले पनि समय सापेक्ष सजाए भोगेरै आएको प्रसस्त उदाहरणहरु छन् । अत: यस चाडले हामीलाई निंरकुसता र अन्याय माथिको विजयको शिक्षा दिइन्छ ।
गुँंला धर्म हरेक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म मनाइन्छ । विशेषतः बौद्ध धर्मावालम्वीहरुले मनाउने यो पर्व चैत्य प्रदक्षिणा सेवालाइ गुँला धर्म भनिएको हो । प्राचिन कालमा गुणिला भनिने यो पर्व हरसाल नेपाल संवत शुरु भएको नौ महिना पुरा भएपछि गुँलाथ्वा महिनाको पक्षहरुमा मनाइन्छ । हीनयान, महायान र ब्रजयान यी तिनै समुहका बौद्धमार्गीहरुले भक्तिभावका साथ यो पर्व मनाउछन् । नेपाल भाषमा गुँ को अर्थ नौ र ला को अर्थ महिना हो । बोद्धमार्गाीहरुले बिहान सबेरै बाजा बजाउदै मठ, मन्दिर, चैत्य, विहार परिक्रमा गर्छन । मिठो र फरक धुन भएको यो बाजालाई गुँलाबाजा भनिन्छ ।

राजा बिक्रमदेवले एक महिना सम्म बौद्ध यात्रा गर्ने परम्परा बसाए पछि गुँलाधर्म मनाउँदै आइएको हो । बौद्धमार्गीहरुले शील, समाधि र प्रज्ञालाई गंभिरता पूर्वक पालना गर्नुपर्दछ । बुद्धलाई विश्वशान्तिको प्रतीक मानिएको छ । शान्तिले सकारात्मक तपस्या, सोच र एकाग्रता निम्त्याउँछ । गुँलाधर्म वास्तवमा बर्षको एकपटक भएपनि बुद्धको उपदेशहरु पुर्नताजगी गर्ने गराउने एक पर्व हो।

नागपञ्चमी पर्व श्रावण शुक्ल पञ्चमीका दिन मनाईन्छ । ऋषि पञ्चमी, श्रीपञ्चमी जस्तै प्रमुख महत्व बोकेको पञ्चमी नागपञ्चमी पनि हो । “श्रावण शुक्ल पञ्चमीका दिन घरको ढोकामाथि नागको मूर्ति अंकित चित्रलाई त्यसको चारै कुनामा गोबर राखि टाँस्ने, चित्रको माथिल्लो भागमा फेरि गोबर टाँसी त्यसमा सिंगो सुपारी, रायोको गेडाहरु र दुवो राख्ने र गाईको दुधले धार दिई विधिपुर्वक पुजा कर्म गर्नाले घरमा एक बर्ष सम्मलाई नाग र गरुडको भय हुने छैन् ।” भनी गरुडपुराणमा लेखिएको छ । यसैगरी “नमोस्तु सर्पेभ्यः” भनि सर्प र नागहरुलाई नमस्कार गरी लेखिएका बैदिक मन्त्रहरु पनि छन् । बैदिक सनातन धर्ममा ईश्वर निर्मित वस्तुहरु द्धारा भएका अनिष्ट कार्य इश्वरद्वारा भएका हुन्छन् ।

यसर्थ इश्वरको इच्छाबिना कसैले पनि मानिसहरुको खरावी गर्न सक्दैन । इश्वरको शक्तिबिना कसैले दुःख, भय र त्रास दिन सक्दैन्न । यही कारणले गर्दा परापुर्व कालदेखिनै सर्प र नागको पुजा गर्दै आइएको हो । समयक्रमसंगै वास्तविक नाग र सर्पहरुको सट्टामा प्रतीक स्वरुप नागको चित्रमा विधिवत पुजा आराधना गर्न लगिएको हो। “नागपञ्चमी अत्यन्त पवित्र पर्वोत्सव हो । यो दिन देवताहरुका निमित्त पनि दुर्लभ छ ।” भनी भगवान शिवजीले स्कन्दपुराणको प्रभास खण्डमा बताउनु भएको छ । नागपञ्चमीको आफ्नै धार्मिक आध्यात्मिक एवंम् सास्कृतिक महत्व छ ।वर्तमान समयमा हामीले मनोवैज्ञानीक साथ समेत हेर्न सक्छौं । सबै प्राणीको कदर गरौं । वैगुनीलाई गुनले आफ्नो बनाऔं । ध्वंसात्मक एंवम् आक्रामक प्रवृतिका प्राणी र स्वभावहरुलाई मानवीय वशमा राखौँ । आफू आफ्नो परिवार समाज र राष्ट्रकालागि आईपर्ने खतराहरुबाट पहिले देखिनै सवधान खबरदार र होसियार रहौं भन्ने सन्देश नाग पञ्चमी पर्वले दिन्छ ।


सम्बन्धित शीर्षकहरु

उत्तरी पेरुको पहाडी सडकबाट एउटा बस खाल्डोमा खस्दा कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय…

७ बुँदे घोषणापत्र जारीगर्दै अन्तराष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन युरोपको माल्टामा सम्पन्न भएको छ । अप्रिल २७ देखि सुरुभएको…

एजेन्सी- ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा दोस्रो युद्धविराम हुनसक्ने सम्भावना देखिएको छ। हमास नेता याह्या सिनवारका अनुसार…

प्रतिकृयाहरू
...