Wednesday 23rd September 2026

अत्याधिक गर्मीको कारण बंगलादेशमा विद्यालयहरू बन्द


बंगलादेशको उच्च अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ । अदालतले आगामी आइतबारसम्म विद्यालय बन्द गर्न आदेश दिएको हो । बच्चाहरू घरमा पढ्न नचाहने भएर विद्यालय खोल्न खोजे पनि अत्याधिक गर्मी भएपछि अदालतले विद्यालयहरू बन्द गर्न अादेश दिएको हो । बंगलादेशमा ३ करोड ३० लाखको हाराहारीमा बिद्यालयस्तरमा अध्ययन गर्ने विद्यार्थीहरू छन् ।

गर्मीका कारण देशभरका प्राथमिक र माध्यमिक विद्यालय गत हप्ता बन्द गरेको बंगलादेशले अत्याधिक गर्मी बढेपछि यो हप्ता पनि बन्द गर्ने भएको हो । जलवायु परिवर्तनका कारण तातो हावा चल्दा देशभर शिक्षक, कर्मचारी र विद्यार्थीहरू बिरामी परेका वा मृत्यु भएका खबरपछि गत हप्ता विद्यालय बन्द गर्ने निर्णय गरिएको थियो । विद्यालयहरू बन्द गरिएपनि विश्वविद्यालयहरू भने खुला नै रहेका छन् ।

बंगलादेशमा जलवायु परिवर्तनको कारण तापक्रम अत्याधिक बढ्दा हरेक वर्ष ३ करोड ७० लाख बालबालिकाको शिक्षामा प्रत्यक्ष असर परिरहेको छ ।


सम्बन्धित शीर्षकहरु

रुसको संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिन समर्थित सत्तारूढ युनाइटेड रुसिया दलले ठूलो बहुमत हासिल गरेको छ। प्रारम्भिक नतिजाअनुसार दलले ४५०…

विश्व अहिले युद्ध, आर्थिक संकट, जलवायु परिवर्तन र राजनीतिक अस्थिरताका कारण चुनौतीपूर्ण अवस्थामा पुगेको छ। इरान र युक्रेनका युद्ध झन्…

मध्यपूर्वमा बढ्दै गएको युद्ध र तनावले एउटा गम्भीर प्रश्न खडा गरेको छ—युद्ध फैलिँदा आखिर सुरक्षित को छ? अमेरिका–इजरायल र इरानबीचको…

प्रतिकृयाहरू
...