Tuesday 29th September 2026

पेरूमा बस दुर्घटना हुँदा २५ जनाको मृत्यु


उत्तरी पेरुको पहाडी सडकबाट एउटा बस खाल्डोमा खस्दा कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्। आइतबार राती सोरोचुको सहरतर्फ जाँदै गरेको बस पल्टिएर काजामार्काको एन्डियन क्षेत्रको सडकमा सो दुर्घटना भएको थियो । बस सडकबाट करिब २०० मिटर (करिब ६५० फिट) गहिरो खाडल भएको नदिमा खसेको थियो।

रातको समयमा एकदमै कच्ची सडकमा भएको दुर्घटनाको कारण उद्दारमा निकै कठिनाइ भएको त्यहाँका अधिकारीले जनाएका छन् । दुर्घटनामा अरू १३ जना घाइते भएको स्थानीय अधिकारीहरूले सोमबार बताएका छन्।

स्थानीय मिडिया आउटलेटहरूले रिपोर्ट गरे कि बस नजिकैको सेलेन्डिन शहरबाट यात्रा गरिरहेको थियो । दुर्घटनामा धेरै मानिसको ज्यान गएपछि त्यहाँको स्थानीय सरकारले ३ दिनको शोकको घोषणा गरेको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी गुप्तचर संस्था सीआईएले रुसले स्पेन, इटाली र फ्रान्सलाई लक्षित गर्दै ड्रोन आक्रमण गर्न सक्ने सम्भावनाबारे केही भूमध्यसागरीय देशलाई जानकारी…

अमेरिका र इरानबीच परमाणु कार्यक्रमलाई लिएर फेरि वार्ता हुने सम्भावना देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु विषयमा ठोस…

अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो शक्तिशाली रकेट स्टारशिप सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। रकेटले २६ वटा स्टारलिङ्क इन्टरनेट उपग्रहलाई कक्षामा स्थापित…

प्रतिकृयाहरू
...