Saturday 27th July 2024

अन्तर्राष्ट्रिय झापाली समाज माल्टाको तेस्रो क्षेत्रिय सम्मेलन सम्पन्न


७ बुँदे घोषणापत्र जारीगर्दै अन्तराष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन युरोपको माल्टामा सम्पन्न भएको छ । अप्रिल २७ देखि सुरुभएको सम्मेलन घोषणापत्र जारीगर्दै आइतबार सम्पन्न भएको झापाली समाज माल्टाका अध्यक्ष मुक्ति पुरीले जानकारी दिएकाछन् ।अन्तराष्ट्रिय झापाली समाजले क्षेत्रीय सम्मेलनलाई निरन्तरता दिदै चौथो क्षेत्रीय सम्मेलन २०२५ आयोजना गर्ने, समाजले घोषणा गरेका कार्यक्रमहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्न केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारका साथै विभिन्न संघसंस्था सरकारी तथा गैरसरकारी संस्थाहरुसंग समन्वय तथा सहकार्य गरेर कामगर्ने गरी घोषणापत्र जारी गरिएको अन्तराष्ट्रिय झापाली समाजका केन्द्रिय अध्यक्ष मकुन्द ढुंगानाले बताएका छन् ।त्यसैगरी यसअघिका कतार घोषणापत्र, सिओल घोषणापत्रको भावना अनुसार कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, खेलकुद बैंकिङ, वातावरण सम्बन्धी क्षेत्रहरुमा सामूहिक लगानी गर्ने, अन्तराष्ट्रिय झापाली समाजको आर्थिक भविष्य सुनिश्चिताको लागि समाजको आफ्नै छुट्टै अक्षयकोष आगामी अक्टोवर २०२५ मा स्थापना गर्नेगरी घोषणापत्रमा उल्लेख गरिएको ढुंगानाले बताएका छन् ।विश्वमा रहेका सफल झापाली अभियन्ताहरुको परिचयात्मक विवरण सहितको पुस्तक प्रकाशन गर्ने, अन्तराष्ट्रिय झापाली समाजको संगठन विस्तारको लागि थप राष्ट्रिय समितिहरु गठन गर्ने, २०२५ भित्र विभन्न क्षेत्रमा २० वटा राष्ट्रिय समिति गठन गर्ने र झापाली समाजले संचालन गरेका एम्बुलेन्स तथा शव वहान प्रदान गरिने कार्यलाई आवश्यकता अनुसार निरन्तरता दिनेगरी घोषणापत्र सम्मेलनले जारी गरेको अन्तराष्ट्रिय झापाली समाजका महासचिव नगेन्द्र प्रसाद पोखरेल (नविन) ले जानकारी दिएका छन् ।अध्यक्ष ढुंगानाले झापाली समाज माल्टाले सम्मेलनको तयारी र व्यवस्थापन धेरै राम्रोसंग गरेकोले भब्य र सभ्यरुपमा सम्मेलन सम्पन्न भएको बताएकाछन् । सम्मेलन सफलपार्न सहयोग गर्ने माल्टामा रहेका प्रवासी नेपाली र सम्मेलनमा सहभागी हुन विभन्न देशबाट आएका अन्तराष्ट्रिय झापाली समाजका प्रतिनिधिलाई ढुंगानाले धन्यवाद् दिएका छन् ।
शुभकामना मन्तव्य दिदै गैर आवासीय नेपाली संंघ राष्ट्रिय समन्वय परिषद् माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स) ले अन्तराष्ट्रिय झापाली समाजको सम्मेलन आफूलाई उत्कृष्ट लागेको बताए । प्रवासका विभिन्न देशमा रहेका झापाली समाजका प्रतिनिधिहरु एकै ठाउँमा जम्मा भएर सम्मेलन आयोजना गर्नु राम्रोपक्ष भएको खनालले बताए ।

शिक्षा, स्वास्थ्य, सामाजिक र मानवीय क्षेत्रमा सहयोाग गर्दै आएको अन्तराष्ट्रिय झापाली समाजले गरेजस्तै काम प्रवासमा रहेका अरुले पनि गर्न आवश्यक रहेको उनले बताएकाछन् । माल्टामा रहेका प्रवासी नेपालीले अन्तराष्ट्रिय झापाली समाजले माल्टामा तेस्रो क्षेत्रीय सम्मेलन आयोजना गरेर सामाजिक कार्यका साथै एकता मिलमिलापको राम्रो सन्देश दिएको बताएका छन् ।

माल्टामा सम्मेलन सफलतापूर्वक सम्पन्न हनु खुसीको विषय भएको भन्दै झापाली समाजले आयोजना गरेको सम्मेलन सफल पार्न माल्टामा रहेका नेपालीले सहयोग गरेको एनआरएनए माल्टाका सल्लाहकार एवम् प्रवासी नेपाली मञ्च माल्टाका अध्यक्ष बावु अर्यालले बताए । झापाली समाजले सामाजिक विकासका क्षेत्रमा राम्रो कामगर्दै आएको अर्यालले बताएका छन् । त्यस्तै शुभकामना मन्तव्यकै क्रममा एनआरएनए माल्टाका निबर्तमान अध्यक्ष भुबन अर्यालले झापाली समाजले गरेको अन्तर्राष्ट्रिय रुपमा नै आफुले संस्था हुदा या नहुदा पनि सधै भर साथ समर्थन गरिरहने र गरिरहेको पनि बताईएका थिए । साथै सम्मेलनमा सास्कृतिक कार्यक्रममा सबै पर्यवेक्षक झापाली समाजका पदाधिकारीहरु जे सि एम ब्याण्ड , गायक तुलसी सिवाकोटी सबैलाई एकैसाथ नचाएका थिए । कार्यक्रममा सम्बोधनकै क्रममा केन्द्रिय अध्यक्ष ढुंगानाले माल्टा नेपाल अनलाईले गरेका फुटबल क्लबको समाचार होस या क्षेत्रिय सम्मेलनको तयारी पुर्बदेखिनै मिडिया पार्टनमा सहयोग गरेको भन्दै धन्यवाद व्यत्त गरेका थिए कार्यक्रममा सबैलाई सम्म्मानका साथ अतिथि ग्रहणमा सबैलाई एक आफसमा जहिल्यै आफुले सकेको सहयोग गर्ने र उपस्थित सम्पूर्णमा धन्यवाद व्यत्त गर्दै सबैलाई सम्मान पत्र समेत राखेको अन्तर्राष्ट्रिय झापाली समाज महिला उपाध्यक्ष सर्मिला बस्नेतले जनाईएको थिए ।दुईदिनको कार्यक्रममा व्यस्त समयलाई पनि उपस्थिति भएको भन्दै सम्पूर्ण पदाधिकारीहरुले खुसी व्यत्त गरेका थिए । कार्यक्रम संचालक भने Chiran Kumar Khawas (युरोप संयोजक)
Shikxya Ghimire Dahal (JSM महिला संयोजक)ले गरेकी थिईन। कार्यक्रममा आर्थिक प्रतिबेदनमा आफुले अहिलेसम्म गरेका सम्पूर्णमा अब यहि बर्षमै एक करोड कोषमा जम्मा भएको र अर्को बर्षमा फेरि रास्टिय देशहरूमा पनि यसैगरी सक्रियता भएमा अझ कोषलाई प्रभाकारी बनाउन सकिन्छ भन्दै सम्पूर्णमा आभारिका साथ कोषाध्यक्ष दिपक वलिले बताईएका थिए। यसैगरी सल्लाहकार नबिन गिरिले पर्यवेक्षक लगायत कार्यक्रममा उपस्थित सम्पूर्णमा धन्यवाद व्यत्त गर्नुका साथै अगामी दिनहरुमा पनि यसैगरि माया पाउनेमा बिश्वास लिएका थिए साथै झापाली समाज माल्टाले भने केहिमहिना अघि अधिबेशन गरेका थिए

झापाली समाज माल्टाका महासचिब प्रकाश भण्डारीले सम्मेलन सफलपार्न माल्टामा रहेका नेपालीले राम्रो सहयोग गरेको बताए । माल्टामा रहँदै आएका समाजसेवी दिपक ओलीले सम्मेलनको मूख्य प्रायोजक बनेर सहयोग गरेको भन्दै भण्डारीले साथ र सहयोग गर्ने माल्टावासी सबै नेपालीलाई धन्यवाद् व्यक्त गरेका छन् ।

समाजका संरक्षक भवानी प्रसाद ओली र दिनेश पोख्रेलले निकै महत्वपूर्ण विषयमा छलफल गर्दै सम्मेलन सम्पन्न भएको बताएका छन् । आगामी दिनमा थप सामाजिक र मानवीय विकासलाई जोड दिदै कामगर्ने गरेर घोषणापत्र जारी भएकोले समाजलाई बलियो बनाउने गरी अन्तराष्ट्रिय झापाली समाजले काम गर्नु पर्ने उनीहरुले बताएका छन् ।

सम्मेलनका सहभागीहरु विभिन्न देशबाट माल्टामा आएको भन्दै सम्मेलन उत्साह र सफलता पूर्वक सम्पन्न भएको झापाली समाज माल्टाका सल्लाहकार भुवन झाले बताए ।

अन्तराष्ट्रिय झापाली समाजका केन्द्रिय अध्यक्ष मुकुन्द्र ढुंगानाले सबैलाई समेटेर समाजलाई फराकिलो बनाउँदै लगेको झा बताउँछन् । केन्द्रिय अध्यक्ष ढुंगाना संयुक्तराज्य अमेरिकाबाट सम्मेलन सफल पार्नकै लागि माल्टामा आएको उनले बताएक छन्।: माल्टा नेपाल अनलाइन बाट


सम्बन्धित शीर्षकहरु

भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स विगत केही दिनदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा फसेकी छिन् । विलियम्ससँग उनका…

चालक दलका सदस्यसहित १९ जना सवार सौर्य एयरलाइन्सको सीआरजे-७ (९एन-एएमई) हवाईजहाज बुधबार बिहान दुर्घटनामा पर्दा १८ जनाको मृृत्यु भयो भने…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...