Thursday 16th May 2024

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : एक सय सत्ताइसौँ भाग (१२७)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८१/०१/१०
………………………………..
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : मिल्दो ।
दोहोरिने अन्तिम शब्द :- आफू खुसी ।
अक्षर संख्या :- ५ देखि २५ बराबरी
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
पञ्चाङ्ग १
सुकुमार लाग्थे मलाई पाउ मेरा
दुखिरहेछन् आज त्यहीँ घाउ मेरा
दिलको पीडा आँखाले बताउँछ रे
स्वस्थ भएर टक्क हिँड्ने दाउ मेरा
सहारा विना सकिन है माउ मेरा ।

सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

हो हास्न पाईन्थ्यो दुःख रेटिने शहर भएमा
सुखी हुन्थ्यौँ हामी खुसी भेटिने शहर भएमा
प्यारो लाग्थ्यो जीवन पनि हरपल गुलाब झैँ
सबै नै बाधा अड्चन मेटिने शहर भएमा
मायाको गुण र दोष फेटिने शहर भएमा ।

सीमा कार्की समर्पण
मेलचोक पर्सा

पञ्चाङ्ग ३

संसारमा मानिस यथार्थको खोजी मै हराएका छन्
खोज्न त खोज्छन् तर वास्तविक नबुझी कराएका छन्
जवानमा सोलोडोलो संसार सप्पै मेरो भन्ने पनि
अनित्य यो जालमा भुलेर विगतमा डराएका छन्
डराएर बेसुरले आँसु झार्दै बरबराएका छन् ।

अच्युत घिमिरे, सर्पाङ, भुटान

पञ्चाङ्ग ४

रातो गुलाफ बनेर म फुल्छु तिम्रै मनमा
कल्पनामै भए पनि त भुल्छु तिम्रै मनमा
सम्झन्छु ती बालापन अनि कतै हराउँछु
मग्नमस्त माली बनेर डुल्छु तिम्रै मनमा
जिन्दगीका रहर जति हुल्छु तिम्रै मनमा ।

श्रीकृष्ण शर्मा, पोखरा–५, मालेपाटन

पञ्ताङ्ग ५

आज यहाँ केही गरेर जानु
वैतरणी पारी तरेर जानु
स्वर्गलोक वा बैकुण्ठ कता हो
असहायलाई भरेर जानु
अनिमात्र बसैँ सरेर जानु ॥

गुणनिधि घिमिरे अमेरिका

पञ्चाङ्ग ६

फूल बनौ फुलौं बगैचा सुन्दर हुन्छ
मह्गं मह्गं बसाउँने हाम्रो घर हुन्छ
सफा राखौं सुन्दर र राखौं जीवनमै
तिम्रो र हाम्रो जिन्दगिकै सफर हुन्छ
खोला हिंडिरहेको राम्रो बगर हुन्छ ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

पञ्चाङ्ग ७

कोपिलाको बागमा रमाउन सकौँ
आफ्नो अस्तित्व पनि जमाउन सकौँ
साहित्यको विधामा कलम चलाई
एउटा राम्रो नाम कमाउन सकौँ
हौसला ऊर्जा देको थमाउन सकौँ ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ८
पीडा नहुने सहर कुन छ होला
पुरा भएका रहर कुन छ होला
भाग्म भागको खेल हुने कहिलेसम्म
अभाव काट्ने जहर कुन छ होला
आधार बिना कहर कुन छ होला ।

संगीता खरेल
चन्द्रागिरी ८ काठमाडौँ

पञ्चाङ्ग ९
म मा पटक्कै घमण्ड छैन भनेर घमण्डै गर्छ मान्छे
ज्ञानको भण्डारमा बसेको छ आखिर घाँस चर्छ मान्छे
अलिअलि बुद्धि पलाउनै लाग्दा शुद्धि हराउँदो रैछ
जीवनभर भ्रममा बाँचेर भ्रमकै बिउ छर्छ मान्छे
यथार्थ त कहिल्यै भेट्नै नपाइ एकदिन मर्छ मान्छे ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग १०

इमान्दार,असल मित्र हुनुपर्छ
रुप भन्दा राम्रो चरित्र हुनुपर्छ
त्यतिले मात्र कहाँ पुग्छ र हजुर
मान्छेको मन नी पवित्र हुनुपर्छ
माया ममता मुटु भित्र हुनुपर्छ ।

सूर्य गिरी पोखरा

पञ्चाङ्ग ११

सधैँ दिलमा घाउ पार्छन् आफ्ना भन्नेहरू
आफैँतिर दाउ पार्छन् आफ्ना भन्नेहरू
जति मेरा भनीभनी फुर्ती लाए पनि
आफ्नै ठुलो भाउ पार्छन् आफ्ना भन्नेहरू
रित्ता जुँगा ताउ पार्छन् आफ्ना भन्नेहरू ।

चन्द्रावती अधिकारी
कोहलपुर बाँके

पञ्चाङ्ग १२

ऊ चेपारे धस्दै भन्यो, हृदयमा बसेको रे
अझ थप्दै कैयौं बाध्यताले अन्तै फसेको रे
भ्रमित खोज रहेछ, सङ्कीर्ण सोच रहेछ
मन मन्दिरभित्र पुजारी भई पसेको रे
कुटनीति गर्न भनी आफै डोरी कसेको रे ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग १३

बसन्तमा फूल बनी फूल्छु म
भमरा बनी फूलैमा डुल्छु म
जे गरे नि आखिर म तिम्रै हुँ
चिनी पानी झैं तिमी मै घुल्छु म
तिम्रा ती हजारौं गल्ती भुल्छु म ।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग १४

आफ्ना जति दु:ख पिडा भए हटाउनुपर्छ
शत्रुतालाई आफू अटल बन्दै डटाउनुपर्छ
जन्मभुमिको रक्षाका लागि हामी सबैले यहाँ
ठाउँ ठाउँमा रक्षात्मक योद्धा खटाउनुपर्छ
भएका छट्पुट ब्यबहार बेलैमा सल्टाउनुपर्छ ।

दुर्गा भट्टराई
मोरङ

पञ्चाङ्ग १५

पीडाहरू सबै तार्नुपर्छ
वैरीलाई बार बार्नुपर्छ
सबै मिली आज यै भूमिमा
हो शान्तिको बोट सार्नुपर्छ
जिन्दगानी खास खार्नुपर्छ ।

– आर्त अकुलीन


सम्बन्धित शीर्षकहरु

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

प्रतिकृयाहरू
...