Tuesday 29th September 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः पहाडले स्वर्गलाई …


पहाडले स्वर्गलाई चुम्बन गरेको जस्तो देखियो
बिहानीको उज्यालोमा समुद्रको किनारमा बस्नु पर्‍यो
मैले तिमीलाई नदेखेसम्म पर्खेर बसे
एउटा मिठो सपना देखे र सोधे  
 
मैले तिम्रो लागि हृदयबाट प्रार्थना गरिरहे
मनबाट तिमिलाई प्रेम गरिरहे
जगत् भनेको प्रेम गर्ने व्यक्तिको खुला मुख हो
तिम्रा नशालु आँखाले मलाई घाइते बनायो
 
जिन्दगीले हरेक पल आशा दिन्छ
मेरो कुराकानीले तिम्रो मन खुसी हुन्छ
म सधैँ तिमीसँग कुरा गर्ने प्रयास गर्छु
म तिमीलाई धेरै धेरै विश्वास गर्छु
 
मेरो समय बितेको छ तिमीलाई खोज्न
शब्दहरू छैन म सँग लेखेर राख्न
पहाडले स्वर्गलाई चुम्बन गरेको जस्तो देखियो
बिहानीको उज्यालोमा समुद्रको किनारमा बस्नु पर्‍यो ।।

-गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

अमेरिकी गुप्तचर संस्था सीआईएले रुसले स्पेन, इटाली र फ्रान्सलाई लक्षित गर्दै ड्रोन आक्रमण गर्न सक्ने सम्भावनाबारे केही भूमध्यसागरीय देशलाई जानकारी…

अमेरिका र इरानबीच परमाणु कार्यक्रमलाई लिएर फेरि वार्ता हुने सम्भावना देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु विषयमा ठोस…

अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो शक्तिशाली रकेट स्टारशिप सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। रकेटले २६ वटा स्टारलिङ्क इन्टरनेट उपग्रहलाई कक्षामा स्थापित…

प्रतिकृयाहरू
...