Tuesday 13th October 2026

एनआरएनए कुवेतको ७ औं महाधिवेशनको लागि निर्वाचन समिति घोषणा


तीतोपाटी – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको माैजुदा कार्यसमितिले यहि जुलाइ २३ तारिक हुने साताैं राष्ट्रिय महाधिवेशन प्रयाेजनको लागि ३ सदस्यीय निर्वाचन समितिको घाेषणा गरेको छ । निर्वाचन समितिको प्रमुख आयुक्तमा एनसीसी कुवेतका वर्तमान अध्यक्ष सुजन के.सि. लाइ चयन गरिएको छ भने समितिका अन्य २ सदस्यमा आनन्द आचार्य र गणेश रावत रहेका छन् भने निर्वाचन सम्बन्धि सम्पुर्ण कार्य गर्ने प्रयोजनको लागि निर्वाचन समितिले लोमस बास्तोला र भुपेन्द्र सारू लाइ निर्वाचन अधिकृत तोकेको छ ।

गत बिहिबार साँझ अनलाइन जुम प्रविधिबाट बसेको एनसीसी कुवेतको पुर्ण बैठकले निर्वाचन समिति गठन गरेको हो भने नवगठित निर्वाचन समितिले कोभिड महामारीको वर्तमान अबस्थामा यो निर्वाचन गराउन लागेको हो । गैर आवासीय नेपाली संघ डिजिटल प्रविधिमा गइ सके पछि हुन लागेको यो पहिलो राष्ट्रिय महाधिवेशन हो ।

निर्वाचन समिति गठन भए लगत्तै समितिले आफ्नो काम शुरू गरि सकेको छ भने सोही अनुरूप छोटो समयमा राष्ट्रिय महाधिवेशन गरी निर्वाचन सम्पन्न गर्नु पर्ने भएकोले आयुक्त तथा निर्वाचन अधिकृतहरूलाइ निर्वाचन समिति मातहत रहेर निर्वाचन समितिले तोके बमोजिम निर्वाचन सम्बन्धी आवश्यकीय कार्यहरू गर्न निर्देशन दिइसकेको प्रमुख निर्वाचन आयुक्त सुजन के.सि. ले  जानकारी  दिंदै निर्वाचन समितिले छिट्टै नै निर्वाचन आचारसंहिता तथा निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने जनाएका छन्   ।

 


सम्बन्धित शीर्षकहरु

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

दसैँ आयो तिहार आयो; पात्रोका पानाहरू फेरिए, ऋतुहरू फेरिए, समयको प्रवाहसँगै संसार फेरियो, तर परदेशीको जीवनमा न त परिस्थितिले कोल्टे…

कुवेतमा साइबर अपराध विभागको प्रहरी भएको दाबी गर्दै फोन गर्ने व्यक्तिको ठगीमा परेर एक कुवेती नागरिकले १० हजार ९९५ कुवेती…

प्रतिकृयाहरू
...