Thursday 17th September 2026

रौतहटमा बाढी तथा डुबानबाट ४ जनाको मृत्यु, २८० परिवार विस्थापित


तीतोपाटी डटकम-केहीदिन यताको अविरल वर्षासँगै विभिन्न नदी तथा खोलामा आएको बाढी तथा डुबानका कारण रौतहटमा ४ जनाको मृत्यु भएको छ।

जिल्लाका २२ वटा घरमा वर्षा, बाढी तथा डुबानले क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । असार १३ गते गरुडा नगरपालिका–८ मा आफ्नो घरछेउमै खेल्ने क्रममा खाल्डोमा डुबेर दुई वर्षीय हसिना खातुनको मृत्यु भएको थियो । सोही दिन माधवनारायण नगरपालिका–८ की तीन वर्षीय राजकुमारी महतोको बागमती नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी १६ गते बकैया नदीमा बगेर गौर नगरपालिका–४ का २५ वर्षीय प्रमोद चनउको मृत्यु भएको थियो भने सोही दिन अविरल वर्षाले घर भत्किँदा बौधीमाई नगरपालिका–४ की ७२ वर्षीय जितनी साहको मृत्यु भएको थियो ।

वर्षा र बाढीका कारण रौतहटमा २२ वटा घरमा क्षति भएको छ ।जिल्लाको पूर्वी भेगमा रहेको बागमती नदीको बाढीले राजदेवी नगरपालिका–५ स्थित दुई स्थानमा पाँच–पाँच मिटर र गढीमाई नगरपालिका–६ मा बाँधको केही हिस्सा कटान गरेको छ ।

शनिबार बागमती नदी र लालबकैयामा आएको बाढीका कारण ईशनाथ, दुर्गा भगवती र राजदेवीमा २८० परिवार विस्थापित भएका छन् ।आइतबार पानी कम भए पनि उनीहरुको घर हिल्लामे भएकाले कोही आफन्तको घरमा, कोही बागमती नदीको बाँधमा बसिरहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।वर्षा र बाढीले सडक सञ्जालमा पुगेको क्षतिको विवरण आउन बाँकी रहेको डिभिजन सडक कार्यालय चन्द्रपुरका प्रमुख रामनरेस केसरीले जनाए ।

@रातोपाटो डटकम


सम्बन्धित शीर्षकहरु

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दक्षिण अफ्रिकाका केही सरकारी अधिकारीमाथि नयाँ भिसा प्रतिबन्ध लगाउने नीति घोषणा गरेका छन्। अमेरिकाले ती अधिकारीहरूलाई…

हालै नेपाल सरकारले सरकारी अफिस र शिक्षा क्षेत्रमा दिएको शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा दिने विषयमा मैले…

नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत भ्रमणपछि लगातार चारवटा विदेश भ्रमण गर्ने तयारी भएको बताइएको छ। पछिल्लो विवरणअनुसार उनको भारत भ्रमणको…

प्रतिकृयाहरू
...