Monday 24th August 2026

पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने एमालेको निर्णय


तीतोपाटी डटकम-नेकपा एमालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने औपचारिक निर्णय गरेको छ।मंगलबार बसेको स्थायी समिति बैठकले पार्टीलाई जेठ २ गते फर्कने निर्णय गरेको र आगामी बिहिबार एकतापूर्वको केन्द्रीय समिति बैठक बोलाउने समेत निर्णय गरेको पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले सेतोपाटीलाई जानकारी दिए ।

असन्तुष्ट खनाल-नेपाल पक्षको माग अनुसार हालको महाधिवेसन आयोजक कमिटी भंग गरेर पुरानो केन्द्रीय समिति ब्यूँताउने एमालेले निर्णय लिएको हो। यद्यपि, भोलिका लागि बोलाइएको महाधिवेसन आयोजक कमिटी बैठक भने नरोकिने ज्ञवालीले जनाएका छन् ।

१८ गते बस्ने केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुलाई पनि आमन्त्रण गरिने छ ।नेकपाको एकता भंग भएपछि २०७५ जेठ २ गतेको संरचनामा फर्किएपछि शुक्रबार सोही मितिको केन्द्रीय समिति बैठक बोलाउन लागेको हो।

एकता भंग भएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले माओवादीका नेताहरूलाई समेत समेटेर केन्द्रीय कमिटी विस्तार गरेर महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरेका थिए। सर्वोच्च अदालतले समेत दशौं महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने फैसला गरेको थियो।

ओलीले पार्टी एकलौटी रूपमा अगाडि बढाउन थालेपछि नेता माधवकुमार नेपाल समूह विद्रोहमा उत्रिएको छ। ओली र नेता नेपाल समूहबीचको ध्रुवीकरणले एमाले विभाजनको डिलमा छन्।पार्टी एकतालाई जोगाएर अघि बढ्नुपर्ने भन्दै ओली २०७५ जेठ २ को अवस्था फर्किन तयार भएका हुन्।

सेतोपाटी डटकमबाट


सम्बन्धित शीर्षकहरु

एक महिनाअघि उद्घाटन गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि निजी सवारीसाधनका लागि पनि सञ्चालनमा ल्याइएको छ। नौ सिटसम्मका कार, जीप र भ्यानलाई…

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा छुट्टाछुट्टै…

अमेरिका र इरानबीचको तनाव पुनः तीव्र बनेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले वाशिङ्टनले इरानलाई टिकाइराख्ने “हरेक आर्थिक जीवनरेखा काट्ने” नीति…

प्रतिकृयाहरू
...