Wednesday 14th May 2025

कुवेतमा आज(जुन-२७)बाट कोभिड भ्याक्सिन नलगाएकाहरुलाई धेरै ठाउँमा प्रबेश निषेध:- कस-कसले प्रबेश पाउने?


हरी कृष्ण न्यौपाने-तीतोपाटी डटकम-कुवेत सरकारले कोरोना बिरुद्दको खोप (कोभिड भ्याक्सिन) नलगाएकाहरुलाई सपिङ मलहरु(६००० स्क्वाएर मिटर भन्दा ठुलो क्षेत्रफल भएका),रेष्टुरेन्ट, हेल्थ क्लब, शैलुन र प्रमुख कम्प्लेक्सहरुमा प्रबेश गर्न नदिने भएको छ।यो नियम आज जुन-२७,२०२१ आईतवारबाट लागू हुनेछ।

कोभिड भ्याक्सिन लाए-नलाएको विवरण कुवेत मोबाइल आइडी वा इमियून (Kuwait Mobile ID or Immune)मोबाइल एप्सहरुबाट हेरिने छ।यसरी सपिङ मलहरुमा आउने हरेक ब्यक्तिको विवरण हेर्नका लागि सपिङ मलहरुमा थप सुरक्षाकर्मीहरुको ब्यबस्था गरिएको अरब टाइम्समा जनाइएको छ।

कस-कसले प्रबेश पाउछन त सपिङ मलहरु(६००० स्क्वाएर मिटर भन्दा ठुलो क्षेत्रफल भएका), रेष्टुरेन्ट, शैलुनह,हेल्थ क्लब र प्रमुख कम्प्लेक्सहरुमा?

-कोभिड भ्याक्सिनका २ वटै डोज लगाएका ब्यक्तिहरु
-कोभिड भ्याक्सिनका १ डोज भ्याक्सिन लगाएको १४ दिन कटेका ब्यक्तिहरु
-कोभिड संक्रमण भई ९० दिन ननाघेका ब्यक्तिहरु
-स्वास्थ्यको कारण कोभिड भ्याक्सिन लगाउन नहुने ब्यक्तिहरु तर सम्बन्धित निकाय(कुवेत श्वास्थ्य मन्त्रालय)ले प्रमाणित गरेको हुनु पर्ने।
-१६ बर्ष मुनिका ब्यक्तिहरु

यसै गरी कुवेत सरकारले कुवेतको भ्यालिड भिषा भई कोरोनाको कारण कुवेत बाहिर रोकिएका आप्रबासिहरु मध्ये कुवेतले अनुमोदन गरेका भ्याक्सिनहरु(अक्सफोर्ड / एस्ट्राजेनेका, फाइजर, मोडर्ना र जोनसन र जॉनसन)मध्ये कुनै एकको २ वटै डोज लगाएहरुलाई अगष्ट-१,२०२१बाट कुवेत आउन दिने भएको छ।यसरी भ्याक्सिन लगाएकाहरु कुवेत आउनको लागि सरकारको स्वास्थ्य मन्त्रालयको वेबसाइट मार्फत उपलब्ध गराइएको लिंकबाट आफ्नो नाम रजिस्टर गराएर कुवेतको स्वास्थ्य मन्त्रालयबाट एप्रुभल हुनु पर्छ।

त्यस्तै कोभिड भ्याक्सिन नलगाएका आप्रबासीहरुको सेप्टेम्बर,२०२१ बाट लागू हुने गरी भिषा नविवरण नगरिने कुवेत सरकारले यस अघिनै बताइ सकेको छ।त्यती मात्र होइन,कुवेतमा हाल करिब २ लाख अबैधानिक(अनडकुमेन्टेड)आप्रबासीहरु रहेको अनुमान गरिएकोमा उनिहरुले कोभिड भ्याक्सिनको सुबिधा लिन नपाउने भएका छन।


सम्बन्धित शीर्षकहरु

नुवाकोट घर भएर काठमाडौँ बस्ने २८ वर्षीया विमला तामाङ्ग मृत भेटिएकी हुन् । काठमाडौँको बागबजारस्थित गेस्ट हाउसमा २०८१ चैत २९…

काबुल: तालिबान सरकारले मंगलबार भनेको छ कि जुलाईमा संयुक्त राज्य अमेरिकामा कानुनी सुरक्षा खारेज हुने अफगान शरणार्थीहरूको स्वदेश फिर्तीमा ट्रम्प…

गत हप्ता भएको भयंकर सैन्य टकरावपछि भएको युद्धविरामपछि राष्ट्रलाई दिएको पहिलो सम्बोधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पाकिस्तान विरुद्धको सैन्य कारबाही…

प्रतिकृयाहरू
...