Wednesday 16th September 2026

सविता के.सी.को तीन पञ्चाङ्ग


“पाँच तत्व पाँचै बिकार, पाञ्चाङ्गको ठिक आधार'”
###

रोइरहेको छ नेपालका कुना चोट जस्तो छ
बगिरहेछ भेलबाढी उर्लेर खोट जस्तो छ
भकानिन्छ मुटु हेर बेहोस हुन्छु भन्छ मन
अति छ सस्तो यता कि उता हाल्ने भोट जस्तो छ
को आएछ भेट्न कुन्नि नेताजीको कोट जस्तो छ ।

दुई चार बोट उमारुँला भनी बीउ जोडेको छु
त्यही बिरुवाको संरक्षण खातिरमा गोडेको छु
दुःख दिने प्रकोपहरू बढ्दै गएपछि आफैले
परेपछि समयको हुरी आफ्नै कार्य छोडेको छु
बाँच्ने आधार छाडेर पनि आफैलाई मोडेको छु ।

दुनियाँले आँखा गाड्ने तिमी मेरो जोडी थियौ
विश्वास घात गर्यौ आधा बाटोमा छोडी दियौ
स्वार्थमा चुर्लुम्म डुबेपछि कसको के लाग्छ
वर्षौदेखिको सम्बन्ध र नाता नै तोडि दियौ
सँगै गर्यौँ यात्रा तर आफ्नो बाटो मोडि दियौ ।

सविता के.सी.
बझाङ , हाल: काठमाडौ


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते बुधबार नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा व्यक्तिगत रूपमा उपस्थित भएका छन्। सन् २०२५ मा हेग पुर्‍याइएपछि…

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपको सुरक्षा र सहकार्यलाई थप बलियो बनाउन"युरोपियन सेक्युरिटी काउन्सिल" गठन गर्ने प्रस्ताव गरेकी…

पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपाल सहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा अन्तिम चरणमा पुगेको छ। मुद्दा…

प्रतिकृयाहरू
...