Tuesday 28th April 2026

लघुकथाः खोजी -नारायण कोइराला


उ बोर्डरमा बस्ने मान्छे थियो । यता जाउ कि उता कुनै ठेगान थिएन्।कहिले मानिस जम्मा गरेर आफ्नो सन्देश दिन्थ्यो । उसको आफ्नै तरिका थियो । उ आफूलाई सधैं अन्यायमा परेको जिकिर गर्दै हिडेको देखिन्थियो ।

“कहिले यताको तारिफ कहिले उताको तारिफ । मानौं उ कताको हो बुझ्नु कठिन थियो ।”

जनता भड्काउने उसको काम हो भन्दा फरक पर्दैन थियो । उ आफूलाई गरीब, पिछडिएका समुदायको नाइके सम्झन्थियो । कहिले काँही उसको नाममा ताली पनि खुब बज्याइयो तर जहाँ उ रहन्थ्यो त्यो देशका सासक भने उसको कुरा मान्न तयार थिएनन् । शासन प्रणालीसँग उसको घोर आपत्ति थियो । कहिले वारी कहिले पारी यस्तै चलिरहेको थियो । देशको मूल्य मान्यातालाईसम्म चुनौती दिँदै शासकलाई उ तर्साउन चाहन्थ्यो ।

“सासक पनि उसको विरुद्धमा आरोप प्रत्यारोप लगाउँदै आएका थिए । दुवै तिर वाक युद्ध चलि नै रहेको थियो ।”

उ भन्थ्यो, सासक हाम्रो विचारलाई दोहन गर्दै छ ।सासक भन्छ यो विखण्डनकारी हो । लडाइँ गरीब जनताको लागि हो कि, पदको लागि बुझ्न सबैलाई कठिन भएको थियो । यसरी नै दिन बित्दै गए ।

समय जस्ताको तस्तै भए पनि शासकीय रूप परिवर्तन भयो । सरकारमा बस्नेहरू अल्पमतमा पर्दै गए । अब के गर्ने? समस्याको हल खोज्नु थियो । अब पासो कता फाल्ने सरकारवादी सोच्दै थिए । बोर्डरको उ पनि मौकाको पर्खाइमा थियो तर कस्तो मौका जनतालाई बुझ्न कठिन ।

मध्यरात तिर अच्चमको जमघट देखियो । वर्षौं देखि जनतासँग गएर सरकारको विरोध गर्ने उ र सरकार एउटै मञ्चमा उभिइरहेका थिए । हिँजोका दुस्मन आज त मित्र भइसकेछन् । जनतालाई त झुटो आश्वासन मात्र बाँकी थियो । उसको खोजी त जनताको समस्या नभई कुर्ची रहेछ ।

नारायण कोइराला
तानसेन, पाल्पा
हाल,यूएई।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सीता वादीले आफ्नो पाँच हप्ताको अनुभव बाँडेकी छन्। उनले १० बुँदामा आफ्नो अनुभव र…

तितोपाटी- बैशाख १८ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र  'लालीबजार' को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरिएको…

तितोपाटी-माइतीघर मण्डलामा धर्ना बसेकी शोभा पाठकमाथि हातपात भएपछि उपचारका लागि उनलाई अस्पताल पठाइएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन…

प्रतिकृयाहरू
...