Wednesday 16th September 2026

लघुकथाः खोजी -नारायण कोइराला


उ बोर्डरमा बस्ने मान्छे थियो । यता जाउ कि उता कुनै ठेगान थिएन्।कहिले मानिस जम्मा गरेर आफ्नो सन्देश दिन्थ्यो । उसको आफ्नै तरिका थियो । उ आफूलाई सधैं अन्यायमा परेको जिकिर गर्दै हिडेको देखिन्थियो ।

“कहिले यताको तारिफ कहिले उताको तारिफ । मानौं उ कताको हो बुझ्नु कठिन थियो ।”

जनता भड्काउने उसको काम हो भन्दा फरक पर्दैन थियो । उ आफूलाई गरीब, पिछडिएका समुदायको नाइके सम्झन्थियो । कहिले काँही उसको नाममा ताली पनि खुब बज्याइयो तर जहाँ उ रहन्थ्यो त्यो देशका सासक भने उसको कुरा मान्न तयार थिएनन् । शासन प्रणालीसँग उसको घोर आपत्ति थियो । कहिले वारी कहिले पारी यस्तै चलिरहेको थियो । देशको मूल्य मान्यातालाईसम्म चुनौती दिँदै शासकलाई उ तर्साउन चाहन्थ्यो ।

“सासक पनि उसको विरुद्धमा आरोप प्रत्यारोप लगाउँदै आएका थिए । दुवै तिर वाक युद्ध चलि नै रहेको थियो ।”

उ भन्थ्यो, सासक हाम्रो विचारलाई दोहन गर्दै छ ।सासक भन्छ यो विखण्डनकारी हो । लडाइँ गरीब जनताको लागि हो कि, पदको लागि बुझ्न सबैलाई कठिन भएको थियो । यसरी नै दिन बित्दै गए ।

समय जस्ताको तस्तै भए पनि शासकीय रूप परिवर्तन भयो । सरकारमा बस्नेहरू अल्पमतमा पर्दै गए । अब के गर्ने? समस्याको हल खोज्नु थियो । अब पासो कता फाल्ने सरकारवादी सोच्दै थिए । बोर्डरको उ पनि मौकाको पर्खाइमा थियो तर कस्तो मौका जनतालाई बुझ्न कठिन ।

मध्यरात तिर अच्चमको जमघट देखियो । वर्षौं देखि जनतासँग गएर सरकारको विरोध गर्ने उ र सरकार एउटै मञ्चमा उभिइरहेका थिए । हिँजोका दुस्मन आज त मित्र भइसकेछन् । जनतालाई त झुटो आश्वासन मात्र बाँकी थियो । उसको खोजी त जनताको समस्या नभई कुर्ची रहेछ ।

नारायण कोइराला
तानसेन, पाल्पा
हाल,यूएई।


सम्बन्धित शीर्षकहरु

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपको सुरक्षा र सहकार्यलाई थप बलियो बनाउन"युरोपियन सेक्युरिटी काउन्सिल" गठन गर्ने प्रस्ताव गरेकी…

पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपाल सहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा अन्तिम चरणमा पुगेको छ। मुद्दा…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई २,००० पाउन्ड तौलका शक्तिशाली बमहरू उपलब्ध गराउने नयाँ हतियार सम्झौताको तयारी गरेको छ। करिब…

प्रतिकृयाहरू
...