Wednesday 24th April 2024

अब परदेशबाटै नेपालमा रहेका आफन्तहरुलाई सरप्राइज दिन सकिने


तीतोपाटी डटकम-घरपरिवार छाडेर परदेशमा आएका नेपालीहरूले अब काठमाडौँमा रहेका आफ्ना आफन्तहरुलाई मनपर्ने खाजा, खाना, बेकरी तथा पेयपदार्थ घरैमा डेलिभरी गराई सरप्राइज दिन सक्ने भएका छन।बिदेशमा जस्तै नेपालमा पनि लाटोकोसेरो डटकमले काठमान्डौ, भक्तपुर र ललितपुरका लागि २४ घन्टे होम डेलिभरी सेवा दिने भएको छ।यस होमडेलिभरी प्ल्याटफर्म मार्फत संसारको जुन सुकै ठाउमा रहेका ब्यक्तिहरुले आफ्नो आफन्तलाई मन पर्ने खाने कुराहरु अर्डर गर्न सक्नेछन।

रातको समयमा कोही भोकै बस्न नपरोस भन्दै आफ्नो भिन्न परिचयका साथमा अनलाईन मार्फत सेवा दिनेछ । लाटोकोशेरो डटकमले आफुलाई अरुभन्दा भिन्न रुपमा परिचित गराउन सुपथ दर र छिटो सेवा दिने प्रतिवद्धता राखेको छ । लाटोकोशेरो फुड्सबाट खाना, खाजा, बेकरी प्रोडक्ट्स, पेय पदार्थका साथै अर्डर अनुसार हरेक खाना २४ सै घण्टा डेलिभर गरिन्छ । लाटोकोशेरोमा उपलब्ध हुने खानाका प्रकारहरु www.laatokoshero.com, फेसबुक पेज www.facebook.com/Laatokoshero अथवा +९७७-९८०१०७९८९० मा भाइबर वा ह्वाटस्एपबाट पनि अर्डर गर्न सकिन्छ ।

परदेशमा रहेर आफ्ना आफन्तहरुलाई जन्मदिनजस्ता अवसर तथा असार पन्ध्र, साउन पन्ध्र, बाबुको मुख हेर्ने दिनजस्ता पर्वमा विशेष खानेकुरा, पेयपदार्थ तथा बेकरीका लगायतका सामान सोझै उनीहरुलाई डेलिभरी गरिने गरी अग्रिम अर्डर गरी रेमिटमार्फत् भुक्तानी गर्न सकिने छ ।

कोभिड तथा लकडाउनको यो समयमा लाटोकोशेरोले उपत्यकाको जनसुकै ठाउँमा डेलिभरी गर्ने प्रतिवद्धता यहाँका प्रबन्ध निर्देशक प्रज्ज्वलकुमार दाहालले जनाएका छन् ।


सम्बन्धित शीर्षकहरु

इलाम क्षेत्र नम्बर- २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि प्रचार प्रसारको आज अन्तिम दिन रहेको छ । आज…

कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने राजकीय भ्रमणका लागि हिजो दिउँसो काठमाडौं…

गर्मी मौसममा मानिसहरु राहत पाउन विभिन्न प्रकारका तरल पदार्थको सेवन गर्छन् । यसै सन्दर्भमा आज हामी तपाईलाई ५ प्रकारका जुसको…

प्रतिकृयाहरू
...