Monday 12th October 2026

कविताः मान्छे -आयाम कार्की


झ्यालबाट चिहाईरहेछु
शुमशान शहर
मौन आँखाले नियाल्दैछन
दैलो थुनेका घरहरु
साइरन बजाउदै दौडिरहेका
एम्बुलेन्स
जोड आवाजमा उडेका हेलिकप्टरहरु
तै पनि
किन यति मौन छ शहर
यो शहर शहर हो या चिहान घर
त्यसैले होला चुपचाप छन
कोलाहल मच्याउने मानिसहरु

कहाँ गए फलाम पलास्टिक थोत्रामोत्रा टुटे फुटेका आवाज दिने मानिसहरु
चना चट्पट भन्दै चिच्याउने स्वरहरु
किन खुल्दैनन स्कुल र कलेजहरु
किन चल्दैनन पसल र होटलहरु

हेर्दैछु
मलामी बिनाका लासको लहर
खोई शङखको लामो ध्वनि
छुन हुदैन कसैले
बोक्न पाउदैन आफन्तले
खटौली बिनाका अर्थी
जौ तिल बिनाको कर्म
दागबत्ती बिनाको आगो
शान्त भनु या आवाज विहिन
आक्रोश भनु या विद्रोह
चुपचाप हार्दैछ मान्छे

उस्तै छ पहाडको हरियाली
उस्तै छन रुख विरुवाहरु
चल्दैछ रुमानी बतास
फेरि किन अक्सिजन खोज्दै
भौतारिदैछ मान्छे

लाग्दैछ घाँटीको साघुरो गल्छिमा
अड्केको छ मान्छेको श्वास
बाँच्ने प्रयत्न गर्दा गर्दै
जिउने चाहना राख्दा राख्दै
आफैले फेरेको श्वास फेर्न बिर्सेर
दिनरात मर्दैछ मान्छे

आयाम कार्की
तानसेन,पाल्पा
लामडाँडा
२०७८/०२/१०


सम्बन्धित शीर्षकहरु

सुडान र इजिप्टको सीमावर्ती क्षेत्रमा रहेको एक सुन खानीमा भएको हवाई आक्रमणमा कम्तीमा ७२ जना मजदुरको मृत्यु भएको छ। सुडानी…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी…

१२ अक्टोबर २०२६ | अन्तर्राष्ट्रिय समाचार , साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको भनिएको हुथी आक्रमणमा…

प्रतिकृयाहरू
...