Thursday 19th March 2026

कविताः बच्पनको बुद्ध जयन्ती -नारायण कोइराला


ए आमा म त लुम्बिनी जाने हो
साथीभाइ सग रमाइलो गर्दै
म चकचके बालापन
आमाको मुसुक्क मुस्कान
के लान्छ त मेरो छोराले
भन्दै मलाई सुम्सुम्याएर
बिहानीको मिर्मिरे संग
म सग रमाउँदै
गौतम बुद्ध जस्तो ज्ञानी बन्नु पर्छ भन्दै
मलाई हेरी यति धेरै किन आत्तिएको भन्दै
म भने आफ्नै जिद्धिमा
आमालाई छिटो खाने कुरो बनाउन भन्दै
कति ज्ञानी छोरो बन्नुपर्छ भनी आमा
भैंसीलाई कुडो पकाउँदै
म भने छिटो गर्नु भन्दै
यता उता घुम्दै
ए न आत्तीन् अबेला भएकाे छैन
आमाले कुँडो भैंसीलाई दिएर
मेरो लागि चिउरा भुट्न
अगेनामा राखी भैंसीको
घिउ मिलाउँदै
आहा कस्तो बासना बाबाले भन्दै
उता गाडीको आवाज घरपलतिर सुन्दा
लुगा लगाई चिउरा दालमोट बोकेर
गौतम बुद्धको जन्म स्थल
लुम्बिनी हिँड्दा
खुसीले मेरो अनुहार
हँसिलो हुँदा आमाले बुद्ध जस्तो
बन्नु पर्छ भनी मलाई बिदा गर्दा
आमा र मेरो हासेको मुहार मिल्दा
आजफेरी सम्झना आयो
बुद्ध जयन्तीको त्यो क्षण
बुद्धको उपदेश संसारमा फैलियोस्
यो विषम् परिस्थितिमा
सुख शान्ति मिलोस
बुद्ध जस्तो सहनशीलता हामीमा आओस्
दुनियाँले यो कष्टबाट अन्त्य पाई
जताततै शान्ति,शान्ति छाओस्।

नारायण कोइराला
तानसेन, पाल्पा
हाल,यूएई


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...