Sunday 25th October 2026

कतारमा दाङका प्रदिप सार्कीको मृत्‍यु, बेलुका सुतेका प्रदिप बिहान उठेनन


 

 

 

 

हरी कृष्ण न्यौपाने-दाङ घर भई ६ बर्ष देखी कतारमा कार्यरत प्रदिप सार्कीको मृत्‍यु भएको छ। सार्की १८ मेई,२०२१ का दिन बेलुकी खाना खाएर सुतेका तर बिहान नउठे पछी साथीहरुले उनलाई तत्काल अस्पातल पुर्याइेएकोमा अस्पातलले मृत घोषणा गरेको थियो।

नेपाली राजदूताबास कतारका दितिय सचिब भुवन भट्टले तीतोपाटी डटकमकसंग भने”राहदानी नं-०७१२५८३० का प्रदिप सार्कीको १९, मेई-२०२१ बुधबारको दिन मृत्‍यु भएको जानकारी कम्पनीले नेपाली राजदूताबास कतारलाई पठाएको छ।”दितिय सचिबले थपे” मृत्‍युको कारण र अस्पातलले दिने पुरा रिपोर्ट आईसकेको छैन, अस्पातलको रिपोर्ट आए पछी मृतकको शब पठाउने गरी कम्पनी, कतारको सम्बन्धित निकाय तथा मृतकको परिवारसंग समान्वय गरिरहेका छौ।रिपोर्ट आए पछी उडान सुचारु भए करिब १० दिन भित्र शब नेपाल पुर्याउने छौ।”

प्राप्त जानकारी अनुसार ३५ बर्षिय मृतक प्रदिप सार्कीको १ छोरा, १ छोरी, श्रिमती र बुवा-आमा रहेका छन।


सम्बन्धित शीर्षकहरु

नेपालीहरूको महान् चाड बडादसैँ आज कोजाग्रत पूर्णिमा पर्व मनाइँदै विधिवत् समापन गरिँदै छ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा…

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

प्रतिकृयाहरू
...