Tuesday 29th September 2026

कतारमा दाङका प्रदिप सार्कीको मृत्‍यु, बेलुका सुतेका प्रदिप बिहान उठेनन


 

 

 

 

हरी कृष्ण न्यौपाने-दाङ घर भई ६ बर्ष देखी कतारमा कार्यरत प्रदिप सार्कीको मृत्‍यु भएको छ। सार्की १८ मेई,२०२१ का दिन बेलुकी खाना खाएर सुतेका तर बिहान नउठे पछी साथीहरुले उनलाई तत्काल अस्पातल पुर्याइेएकोमा अस्पातलले मृत घोषणा गरेको थियो।

नेपाली राजदूताबास कतारका दितिय सचिब भुवन भट्टले तीतोपाटी डटकमकसंग भने”राहदानी नं-०७१२५८३० का प्रदिप सार्कीको १९, मेई-२०२१ बुधबारको दिन मृत्‍यु भएको जानकारी कम्पनीले नेपाली राजदूताबास कतारलाई पठाएको छ।”दितिय सचिबले थपे” मृत्‍युको कारण र अस्पातलले दिने पुरा रिपोर्ट आईसकेको छैन, अस्पातलको रिपोर्ट आए पछी मृतकको शब पठाउने गरी कम्पनी, कतारको सम्बन्धित निकाय तथा मृतकको परिवारसंग समान्वय गरिरहेका छौ।रिपोर्ट आए पछी उडान सुचारु भए करिब १० दिन भित्र शब नेपाल पुर्याउने छौ।”

प्राप्त जानकारी अनुसार ३५ बर्षिय मृतक प्रदिप सार्कीको १ छोरा, १ छोरी, श्रिमती र बुवा-आमा रहेका छन।


सम्बन्धित शीर्षकहरु

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

संयुक्त राष्ट्रसंघका मानवअधिकार विज्ञहरूले अमेरिकाले आप्रवासीहरूलाई अन्य देशमा पठाउने नीतिले मानवअधिकार उल्लंघनको जोखिम बढाएको बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले…

प्रतिकृयाहरू
...