Monday 29th December 2025

नेपालमा कोरोनाको कारण अहिले सम्म ५४११ जनाको मृत्यु


तीतोपाटी – विश्वव्यापी महामारी नोवल कोरोना भाइरस कोभिड-१९ संक्रमणको कारण नेपालमा अहिलेसम्म ५ हजार ४ सय ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ लाख ७२ हजार ३ सय ५४ जनामा कोरोना संक्रमण देखिएकोमा ३ लाख ५२ हजार ४ सय १४ जना संक्रमणमुक्त भएका छन् भने १ लाख १४ हजार ५ सय २९ जना अाइसोलेसनमा छन् भने ७ सय ५२ जना क्वारेन्टिनमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९ सय ७९ जनाको परीक्षण गरिएकोमा ८ हजार २ सय ३ जना संक्रमित भएका छन् भने सोही अवधिमा १ सय ९६ जनाको मृत्यु भएको छ । त्यसै गरि पछिल्लो २४ घण्टामा ६ हजार ८ सय ९१ जना कोरोनामुक्त भएका छन् ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भएको छ । उनीहरूबीच आइतबार बिहान ७…

इजरायलले सोमालील्यान्डलाई स्वतन्त्र र सार्वभौम राज्यको रूपमा औपचारिक रूपमा मान्यता दिने पहिलो देशको रूपमा घोषणा गरेको छ, र यसले क्षेत्रीय…

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

प्रतिकृयाहरू
...