Sunday 18th January 2026

सोमनाथ लुइटेल ‘रवि’ को गजल संग्रह – ८


दाइजो नपाएर चेली जलेकै छन् नेपालमा ।
बलत्कारीको चपेटामा परेकै छन् नेपालमा ।

किताब मै सिमित छ कानुनको दस्तावेज,
निर्धोलाइ थुन्ने कानुन बनेकै छन् नेपालमा ।

नगर देखि शहर सम्म चेलीबेटी लुटिन्छन्,
पहुँचवाला साथीहरु छुटेकै छन् नेपालमा ।

हामीले हिंसाबाट कसरी बचाउन सक्छौ र
सत्ताधारी नेताहरू नै चुकेकै छन् नेपालमा ।

अपराधी छुटेको देखेकोछौं गणतन्त्रमा नि,
न्याय मरेपछी अन्याय सहेकै छन् नेपालमा ।

सोमनाथ लुइटेल ‘रवि’ पाल्पाली
हालः युगाण्डा ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...