Thursday 19th March 2026

सोमनाथ लुइटेल ‘रवि’ को गजल संग्रह – ८


दाइजो नपाएर चेली जलेकै छन् नेपालमा ।
बलत्कारीको चपेटामा परेकै छन् नेपालमा ।

किताब मै सिमित छ कानुनको दस्तावेज,
निर्धोलाइ थुन्ने कानुन बनेकै छन् नेपालमा ।

नगर देखि शहर सम्म चेलीबेटी लुटिन्छन्,
पहुँचवाला साथीहरु छुटेकै छन् नेपालमा ।

हामीले हिंसाबाट कसरी बचाउन सक्छौ र
सत्ताधारी नेताहरू नै चुकेकै छन् नेपालमा ।

अपराधी छुटेको देखेकोछौं गणतन्त्रमा नि,
न्याय मरेपछी अन्याय सहेकै छन् नेपालमा ।

सोमनाथ लुइटेल ‘रवि’ पाल्पाली
हालः युगाण्डा ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...