Saturday 24th January 2026

नेपालको अन्तर्राष्ट्रिय उडान मे ३१ तारिकसम्मको लागि बन्द


तीतोपाटी – नेपालको अन्तर्राष्ट्रिय उडान मे ३१ तारिकसम्मको लागि बन्द गरिएको छ । नागरिक उड्डयन प्राधिकरणले नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धको समय थप गरेर मे ३१ सम्म पुर्याएको हो । प्राधिकरणले आगामी जेठ १७ (मे ३१) को मध्यरातसम्म उडान बन्द गर्ने निर्णय गरेको हो ।

यो अवधिमा एयर बबल सम्झौता अनुसार काठमाडौँ र नयाँ दिल्लीबीच हप्ताको दुईवटा उडान भने कायम रहनेछ । नेपाल एयरलाइन्स र एयर इन्डियाले हप्तामा एक–एक उडान गर्नेछन् ।

प्राधिकरणले थप जानकारी बिना यात्रुहरूको बुकिङ शुरु नगर्न एयरलाइन्सहरूलाई आग्रह गरेको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

प्रतिकृयाहरू
...